
कार्यक्रम उदघोषकको रूपमा बिनु थापा यतिबेला स्थापित भइसकेकी छिन ।
कुशल कार्यक्रम सन्चालिकाको रूपमा आफ्नो पहिचान बनाउन सफल बिनु थापा विधालय जिबनदेखी नै स्टेज कार्यक्रम सन्चालनतिर लागि परेकी हुन ।
बिध्यालयको त्यो यात्राले यतिबेला उनलाई देशको कुना काप्चादेखी बिदेशका ठूला शहरसम्म आफ्नो क्षमता प्रस्तुत गरिसकेकी छन । कार्यक्रम सन्चालककै रूपमा बिनु नेपालीहरू बढी भएका मूलुक मलेसिया लगायत थाईल्याण्ड र सिंगापुरमा पनि गएर कार्यक्रम सन्चालिकाको रूपमा आफूलाई उभ्याई सकेकी छन ।
स्टेज देखी टेलिभिजनसम्मको कार्यक्रम उदघोषकको यात्रा पार गर्दै अगाडि बढेकी बिनु लामो समयदेखी टेलिभिजन कार्यक्रम एनआरएन टिभी शोसंग पनि आबद्दता जनाउंदै आएकी छिन । यो टेलिभिजन शो मार्फत देशदेखी परदेशसम्म आफ्नो पहिचान बनाएकी बिनु थापा अब अष्ट्रेलियामा आयोजना हुने कार्यक्रममा पनि उदघोषकको भूमिका निभाउंदै छिन । नेपाली सांगितिक ब्याण्डको मेनेजरको रूपमा पनि काम गरिसकेकी बिनु थापा अब टेलिभिजन र स्टेज कार्यक्रम उदघोषकको रूपमा आफूलाई निरन्तर रूपमा अगाडि बढाउंदै लैजाने योजनामा रहेकी छिन ।