साधना पाठशालाको ‘१५ औं वार्षिकोत्सव’ सम्पन्न


दाङ। दाङको तुलसीपुर उप – महानगरपालिका -९, बेलुवास्थित साधना पाठशालाको ‘१५ औं वार्षिकोत्सव’ सम्पन्न भएको छ । विद्यालयका संस्थापक अध्यक्ष ओबिराम भण्डारीको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता एवं नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रकाश कुमार शर्माले शिक्षकहरुको लगनशीलता र मेहनतकै कारण साधना पाठशाला स्कुल शैक्षिक क्षेत्रमा अब्बल बन्दै गएको बताए । अभिभावकहरुले आफ्नो बालबालिकाहरुलाई जस्तो संस्कार सिकायो त्यस्तै सिक्ने भएको हुँदा आफ्नो छोराछोरीहरुले त्यस्तै सिक्ने शर्माले बताए।

यसैगरी, विशिष्ट अतिथि भोजराज न्यौपानेले बालबालिकाहरुप्रति अभिभावकहरुको भूमिकाको विषयमा चर्चा गरेका थिए। छोराछोरीहरुका लागि पहिलो पाठशाला घर अनि पहिलो शिक्षक अभिभावक नै भएको न्यौपानेको भनाई थियो । साथै, न्यौपानेले साधना पाठशालाले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । विद्यालयहरुको भिडमा साधना पाठशालाले छुट्टै पहिचान बनाउन सफल भएको न्यौपानेको भनाई थियो ।

यस्तै, कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद भण्डारीले विद्यालयको समग्र विकासका लागि गुरुयोजना बनाएर अघि बढेको बताए । गुणस्तरीय शिक्षासँगै बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि पूर्ण रुपमा समर्पित भएको भण्डारीको भनाई थियो ।

त्यस्तै, उक्त कार्यक्रममा ‘वक्तित्वकला प्रतियोगिता’ समेत राखिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत र नाटक प्रस्तुत गरेका थिए । विद्यालयले आयोजना गरेको ‘सप्ताहव्यापी खेलकुद प्रतियोगिता’ मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका पुजा परियारले गरेकी थिईन् ।

वि.सं. २०६७ सालमा स्थापना भएको साधना पाठशाला हाल कक्षा नर्सरीदेखि कक्षा १० सम्म संचालणमा रहेको छ । पाठशालाले गुणस्तरीय शिक्षासँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।