काठमाडाैं । पर्वतारोहण/ट्रेकिङ्गमा पर्यटककाे फेक रेस्क्यु गरी असुली धन्दा गर्ने ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सिआईबी) फेक रेस्क्यु गर्ने कम्पनी सञ्चालकहरु पक्राउ गरेकाे हाे ।
नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरुको उद्दार गरेको देखाई बीमा रकम दाबी गरी गैह्रकानूनीरुपमा आर्थिक लाभ प्राप्त गरेकोमा “पवर्तारोहण र ट्रेकिङको क्रममा हुनसक्ने दुर्घटना, स्वास्थ्यमा समस्या र प्राकृतिक विपद आईपर्दा पर्यटकहरुलाई उद्धार (RESCUE) गर्नु पर्ने बाध्यात्मक परिस्थिति वा अवस्थामा प्रयोग हुने रेस्क्यू फ्लाइट सञ्चालन गर्ने कम्पनीहरु:
- Mountain Rescue Pvt. Ltd,
- Everest Experience and Assistance Pvt. Ltd. र
- Nepal Charter Service Pvt. Ltd.
कम्पनीले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलमा रहेका अभिलेखको विवरणलाई थपघट गरी गराई PASSANGER AND CARGO MANIFEST का कागजातहरुको व्यहोरा फरक र किर्ते गरी सोही अनुसारको बिल (Invoice) तयार गर्ने, उद्दार गरिएको भनिएका विदेशी पर्यटकहरुलाई अनिवार्य रुपमा ईन्स्याेरेन्स पोलिसीमा उल्लेख भएको शर्त बमोजिम काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार गरेको देखाई उपचारका बिल
समेतका कागजातहरु (Admission & Discharge Report, Medical Reports) तयार गरी/गराई उद्दार गरिएको व्यक्तिको नामको बिमा रकमको झुट्ठा दाबीबाट सम्बन्धित विदेशी बीमा कम्पनीहरुबाट उल्लेखित Rescue कम्पनीहरुले अन्दाजी १९.६९ Million USD रकम बीमा बापत दाबी गरी बैंक खाताहरुमा प्राप्त गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिन आएको सिआईबीले उल्लेख गरेकाे छ।
Fake Rescue सम्बन्धमा विदेशी बीमा कम्पनी, अन्तराष्ट्रिय पर्यटन सम्बन्धी संस्थाहरुले नेपाललाई “NO GO DESTINATION FOR TOURIST” भन्दै नेपाललाई पर्यटकको गन्तव्य सूचीबाट हटाउन सूचना प्रवाह गरेको, “A scam on the roof of the world” “Stop providing cover to tourists travelling to Nepal/Silly announcement about Everest” शिर्षकमा विभिन्न एजेन्सीहरुले समाचार सम्प्रेषण गरेको समेत देखिँदा नेपालको राष्ट्रियता, स्वाभिमान, स्वाधीनता र अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच आउने कार्य भएकोले मुलुकी अपराध संहिता २०७४ को दफा ५१ राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतका कसूरहरुमा संलग्न निम्नानुसार रेस्क्यू (उद्दार) कम्पनीहरुका सञ्चालक तथा व्यवस्थापकहरुलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमती समेत लिई यही माघ ११ गते पक्राउ गरी थप अनुसन्धान भईरहेको सिआईबीकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।