उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, राष्ट्रिय दुग्ध विकास वोर्डका बोर्ड सदस्य सुमित केडिया, डेरी उद्योग संघका अध्यक्ष राजुमार दाहाल, केन्द्रिय पशुपंक्षी मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, नेपाल डेरी साईन्स एसोसिएसनका अध्यक्ष सियाराम प्रसाद सिंह, एनएमसीका संस्थापक रामचन्द्र उप्रेती, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष राजन चिमरिया, महासचिव हेमचन्द्र खनाल, केन्द्रिय सदस्य मनोज यादब, योगेन्द्र चिमरिया, अशेष बुढाथोकी, कोशी प्रदेश अध्यक्ष गंगा बहादुर खड्का, एनएमसीका अध्यक्ष ठाकु प्रसाद सिवाकोटी, सिईओ लक्ष्मी प्रसाद उप्रेती, राष्ट्रिय पशुपंक्षी श्रोत व्यवस्थापन कार्यालय काठमाडौंका उपसचिव रेशमराज ज्ञावली, एनएसएलआईपीका बैकुण्ठ अधिकारी, दुग्ध विकास संस्थानका नि महाप्रबन्धक राजेन्द्र अधिकारी, कृषि सहकारी मन्त्रालय डा. दीपा दिवाली, भेटनरी अस्पताल तथा पशुसेवा केन्द्रका शितल भट्टराई, राष्ट्रिय दुग्ध विकास वोर्डका अधिकृत एवं कर्मचारीहरु लगायत दुग्ध उद्योगीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
नेपाल डेरी एसोसिएसनको सातै प्रदेशमा प्रदेश जिल्ला लगायत अन्य धेरै ठाउँमा विश्व दुध दिवस भव्यताका साथ मनाईयो । कोशी प्रदेशमा संयुक्त आयोजनामा केन्द्रिय कार्यक्रम भयो भने मधेश प्रदेशमा कोपरेटिभ बोर्डिंङ्ग स्कुलका बालबच्चाहरुलाई शिवकली डेरी मिल्कस्को सहयोगमा दुध तथा दुग्ध पदार्थ सेवन गराई प्रदेशका अध्यक्ष राघो सिंह, केन्द्रिय उपमहासचिव विजय प्रसाद चौरसिया, प्रदेश उपाध्यक्ष हरि नेपाल, सदस्य नविन चौरसिया लगायत उद्योगीहरुको उपस्थितिमा सम्पन्न गरियो । बागमति प्रदेशको कार्यक्रममा नुवाको जिल्ला अध्यक्ष बालकृष्ण ढुंगेल (दिपक), बागमती प्रदेश उपाध्यक्ष धू्रव तिवारी सचिव श्इाम घिमिरे, जिल्ला समितिका पदाधिकारीहरु एवं सदस्यहरुको पस्थितिमा हाम्रो बाल संरक्षण धरोहर नेपाल आश्रम नुवाकेटमा रहेका अनाथ बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरि भव्यताका साथ मनाईयो साथै काठमाडौं, दरवारमार्गमा कृषि उपज विक्रि वितरण बजारमा काठमाडौं जिल्ला सचिव एवं कपन, बालुवाखानी स्थित तिमल्सिना डेरीका संचालक शिव प्रसाद तिमल्सिनाले निःशुल्क दहि उपलब्ध गराई प्रत्यक्ष मोही बनाएर निःशुल्क खुवाउने कार्यक्रम भयो ।
गण्डकी प्रदेशमा प्रदेश अध्यक्ष एवं केन्द्रिय सचिव शिवहरी आचार्यज्यूको संयोजकत्वमा सल्लाहकार ज्ञानेन्द्र बजगाई, प्रदेश उपाध्यक्ष रामचन्द्र बराल, सदस्य निर्मल भण्डारी एवं पूर्व सल्लाहकार पूण्य प्रसाद पौडेलज्यूको उपस्थितिमा कास्कीको मानव सेवा आश्रममा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईयो । लुम्बिनी प्रदेशमा रहेको अस्पतालमा रहेका विरामी अशक्तहरुलाई केन्द्रिय कोषाध्यक्ष दयाराम भण्डारी, सहसचिव शिव भुषाल, प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने, केन्द्रिय सदस्इ भुवनेश्वर न्यौपाने, केन्द्रिय सल्लाहकार हिरा के.सी लगायत दुग्ध उद्योगी व्यवसायीहरुको उपस्थितिमा विरामीहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने कार्यक्रम रह्यो भने सुदुरपश्चिम प्रदेशमा केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमालको संयोजकत्वमा केन्द्रिय सदस्य प्रेम प्रकास पाठक, प्रदेश अध्यक्ष भुपेन्द्र थापा, उपाध्यक्ष राम कुवर, सचिव हर्क चन्द एवं सदस्यहरु एवं सरोकारवालाहरु र दुग्ध उद्योगीहरुको बाक्लो उपस्थितिमा दुध तथा दुग्ध पदार्थको बजारीकरण तथा उपभोग सम्बन्धी अन्तरत्रिया कार्यक्रम गरि दुध तथा दुग्ध पदार्थ सेवन गरि मनाईयो ।