काठमाडौं । ता ल्हो (घोडा वर्ग) २८६२ औँ सोनाम ल्होछारको पावन अवसरमा नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), काठमाडौंले सम्पूर्ण ल्होछारप्रेमी आदिवासी जनजाति समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।
फोनिज काठमाडौंले जारी गरेको शुभकामना सन्देशमा सोनाम ल्होछार आदिवासी जनजाति समुदायको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा तथा सामाजिक एकताको प्रतीक पर्व भएको उल्लेख गरिएको छ। यस पर्वले आपसी सद्भाव, सहकार्य र सांस्कृतिक चेतनालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
सन्देशमा ल्होछारले नेपाली समाजको बहुसांस्कृतिक पहिचानलाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सम्मानको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको जनाइएको छ।