काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (RBB) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) बीच कर्मचारीहरूलाई तलब बचत खाता, सरल व्यावसायिक कर्जा तथा अन्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ।
उक्त समझदारीपत्रमा बुधबार, पौष ३०, २०८२ का दिन राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा हस्ताक्षर भएको हो। बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका तर्फबाट कार्यकारी निर्देशक बिमल डंगाेलले हस्ताक्षर गर्नुभयो।
सम्झौताअनुसार, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका कर्मचारीहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत तलब बचत खाता, कर्मचारी कर्जा तथा अन्य बैंकिङ सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका निर्देशकहरू विनोद प्रसाद न्यौपाने र सीए किरण कुमार खत्री, साथै राष्ट्रिय वाणिज्य बैंकका उप–प्रमुख कार्यकारी अधिकृतहरू, विभागीय प्रमुखहरू तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
हाल राष्ट्रिय वाणिज्य बैंकले देशभरका सातै प्रदेशका ७७ वटै जिल्लामा ३१२ शाखा, ७१ विस्तार काउन्टर, ३२२ एटीएम तथा ९९ शाखारहित बैंकिङ इकाइहरू मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ, जसमा दुर्गम क्षेत्रहरू पनि समेटिएका छन्।