काठमाडौँ,
नेपाल–इटाली चेम्बर अफकमर्स एण्ड इन्डस्ट्रिज (NICCI) ले काठमाडौमाआफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीयव्यापार, लगानी, पर्यटन तथाव्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।
सभामा माननीय संरक्षक राजेश काजीश्रेष्ठ प्रमुखअतिथिका रूपमा उपस्थित हुनु भएको थियो । ल्क्ष्ऋऋक्ष्काअध्यक्ष श्री संजय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पु-याउँदै आएको सहयोगको महत्व उल्लेख गर्नुभयो ।
वार्षिक साधारण सभामा आगामी तीन वर्षका लागि संजय अग्रवाल पुनःअध्यक्षमा निर्वाचित हुनु भएको छ, जसले उहाँको नेतृत्व र चेम्बरप्रतिको दृष्टिकोणमा सदस्यहरूको निरन्तर विश्वासलाई प्रतिबिम्बित गर्दछ । सभालाई सम्बोधनगर्दै अध्यक्ष अग्रवालले आगामी वर्षहरूकालागि ल्क्ष्ऋऋक्ष्का रणनीतिक प्राथमिकताहरू प्रस्तुतगर्दै नेपाली र इटालियन उद्यमी बीच व्यवसाय–देखि–व्यवसाय सहकार्य गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजिकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, तथा सदस्यहरूलाई ठोस मूल्य प्रदानगर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा ल्क्ष्ऋऋक्ष्को भुमिकालाई अझ सुदृढ गर्ने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रमका क्रममा श्री भिनोद सग्तानीलाई ‘Member of the Year 2025’को सम्मान प्रदान गरियो भने कल्याण सिलवाललाई ‘NICCI CSR Community 2025 Award’प्रदान गरियो ।
नेपाल र इटालीबीच व्यापार–व्यवसाय सहकार्य, लगानी सहजिकरण तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो ।