काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा पुष २९ गते मंगलबारका दिन त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सो सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरुलाई साधारण सभाले पारित गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट हाल कायम चुक्ता पूँजी २५४ करोडको ६.३१५८ प्रतिशतका दरले हुने १६ करोड रुपैयाँ बराबरको नगद लाभांश कर सहित वितरण गर्ने प्रस्तावलाई सर्बसम्मतीले पारित गरेको छ ।
साथै सभाले आर्थिक वर्ष २०८२/०८३ को लागी लेखापरीक्षक कृषा श्रेष्ठ एण्ड एशोसियट्सलाई साधारण सभाले पुनः नियुक्त गरेको छ ।