काठमाडौँ । बाल क्रिकेटको विकास र प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगिता माघ १ गतेदेखि माघ ८ गतेसम्म काठमाडौँको सिफल ग्राउण्डमा सञ्चालन हुनेछ।
आयोजकका अनुसार प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहनेछ, जसमध्ये ८ टिम जिल्ला स्तरबाट सहभागी हुनेछन्। जिल्ला स्तरका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार रु. ३०,००० र द्वितीय पुरस्कार रु. २०,००० तोकिएको छ। साथै, म्यान अफ द सिरिजलाई किटब्याग प्रदान गरिनेछ भने उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट र उत्कृष्ट बलरलाई क्रिकेट जुत्ता प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिताले भविष्यका क्रिकेट प्रतिभा उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।