काठमाडौं। २०८२ पुष २८ गते केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड (CDCAN) को ३१ औँ वार्षिक साधारण सभा आज डिलाइट पार्टी भेन्यू, महालक्ष्मीस्थान, ललितपुरमा सफलतापूर्वक सम्पन्न भएको छ।
सभाको औपचारिक उद्घाटन संघका सभापति अम्मर बहादुर कुँवरले मन्तव्य व्यक्त गर्दै गरे। सभा संचालनमा संघका सदस्य तथा विभिन्न अतिथि सहभागिहरूले दुग्ध क्षेत्रको हालको स्थिति, चुनौती, सम्भावना र दिगो विकास योजनाहरूमा गहन छलफल गरेका थिए।
मुख्य अतिथि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बनियाँ सहित निम्न विशिष्ट अतिथिहरूले कार्यक्रमलाई गरिमामय बनाएका थिए। नेपाल डेरी संघका प्रतिनिधि, दुग्ध विकास संस्थानका प्रबन्धक, राष्ट्रिय दुग्ध विकास बोर्डका डा. राजेन्द्रप्रसाद यादव, संघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले मन्तब्य ब्यक्त गर्नुभयो। कार्यक्रमको संचालन महासचिव राम प्रसाद आचार्यले गर्नुभयो।
सभामा संघले आफ्नो वार्षिक प्रतिवेदन, आर्थिक विवरण, आगामी कार्ययोजना, र सदस्य कल्याणका कार्यक्रमहरू प्रस्तुत ग-यो। साथै दुग्ध क्षेत्रको उत्पादन वृद्धि, सहकारी क्षमता अभिवृद्धि, बजार सञ्जाल विस्तार तथा गुणस्तरीय दुग्ध उत्पादन प्रवर्द्धनका रणनीतिहरूमा पनि प्रस्ताव र सुझावहरू राखिएका पारित भएका थिए।
प्रतिवेदन तथा छलफल पछि सदस्यहरूले आगामी आर्थिक वर्षका लागि संघका कार्यक्रम तथा रणनीतिहरूलाई अनुमोदन गरेका छन्।
यस साधारण सभाले दुग्ध सहकारीका सदस्य संघहरूलाई सुदृढ बनाउने, सहकारी क्षेत्रको क्षमता अभिवृद्धि गर्ने तथा दुग्ध विकास सम्बन्धी नीतिगत पहलहरूलाई अघि बढाउने व्यापक लक्ष्यलाई आत्मसात् गर्ने प्रतिबद्धता दोहो-याएको छ।