काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणको लागि ठुलो रकम सहयोग गर्ने घोषणा गरेका छन् । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका हुन् ।
कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन्।
शुक्रबार (२८ वैशाख ) अपराह्न गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेर सो परियोजना सम्बन्धि जानकारी लिँदै उक्त सहयोगको घोषणा गरेका हुन्।