आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित


काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभा अमा्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्साल काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित विभिन्न जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक संकट र सो को विरुद्ध सुरक्षा कवचको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।