संकल्प लामिछाने र समिक्षा अधिकारीको ‘ भित्तै बस्यो माकुरो ’ सार्वजनिक ( भिडियो सहित )


चितवन। संकल्प लामिछाने र गायिका समिक्षा अधिकारीको आवाज रहेको ‘ भित्तै बस्यो माकुरो ’ ठ्ट्यौली गीत सार्वजनिक भएको छ । उक्त गीतको थेगो नारायण बाबु नेपाल र अर्जुन श्रेष्ठको हो, भने गीतको शब्द तथा संगीत संकल्प लामिछाने स्वयमको रहेको छ । उक्त गीतको भिडियोमा सुरबिर पण्डित ( दारी बा ), पल्पसा डङ्गोल ( चम्सुरी ), संकल्प लामिछाने, अस्मिता राना मगर, नारायण बाबु नेपाल र राजकुमार भुजेलको अभिनय देख्न सकिन्छ ।

त्यस्तै, उक्त गीतको भिडियो निर्देशन तथा कोरियोग्राफर रबिन शाहले गरेका छन्, भने राजेश घिमिरेले छायांकन गरेका छन् । उक्त गीतलाई महेन्द्र भण्डारीले एरेन्ज गरेका छन्, भने गीतको मिक्सि / मास्टरिन कुमार रानाले गरेका छन् । रेकर्डिस्ट सुमन राना रहेका छन्, भने उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।

गाउँले परिवेश र मायाको कुरालाई ठ्ट्यौली पाराले देखाइएको छ । उक्त गीतको सम्पादन / रंग अमृत चापागाईंले गरेका छन्, भने श्रृङ्गार कविता टोलङ्गीले गरेकी छिन् । यसैगरी, उक्त गीतमा मिडिया पार्टनरको रुपमा जन अपडेट डटकमलगायत विभिन्न मिडिया रहेका छन् । उक्त गीतको भिडियो पहिलो पाइला मिडिया हाउसको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

https://youtu.be/ZXObVkfugKc