भरतपुर (चितवन)। नेपाल सरकारका प्रबक्ता एबं सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताउनुभएको छ । भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले जसरी पनि भन्नाले राम्रो, निस्पक्ष र धाँधली रहित ढङ्गबाट निर्वाचन हुन्छ भन्नुभयो ।
उहाँले निर्वाचन हुने महत्वपूर्ण आधार भनेको निर्वाचन आयोगको काम भएको बताउनुभयो । उहाँले भन्नुभयो “आयोगले दुर्त गतिमा काम अघि वढाई रहेको छ । पछिल्लो आधार समानुपातीकको वन्द सूचिमा ६४ वटा भन्दा बढी दलहरुले वन्द सूचि वुझाई सकेका छन् ।” १० लाख वढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भई सकेको अबस्था रहेको भन्दै उहाँले सुरक्षा निकायमा नयाँ नेतृत्व आई सकेर प्रहरीको मनोवल उच्च भएको बताउनुभयो ।
सरकारले निर्वाचनका लागि जनशक्ति सहित प्रयाप्त वजेट छुट्याई सकेको उहाँको भनाई थियो । दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको भन्दै उहाँले भन्नुभयो “पाटीका झण्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ । प्रत्यक्ष तर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागि सकेका छन् ।” जनस्तर देखि मिडिया सम्म प्रश्न देखि जवाफ सम्म निर्वाचन केन्द्रित भईरहेकाले निर्वाचन नहुनेमा दुबिधा नभएको उहाँको भनाई थियो ।
पत्रकारहरुको एक प्रश्नमा उहाँले आँफु अहिले नागरिक सरकारको प्रबक्ता भएको भन्दै अहिले सम्म कुनै पनि पार्टीमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “चुनाब लड्ने नलड्ने भन्ने कुनै निर्णय मैले गरेको छैन ।” सरकारको प्राथमिकता निर्वाचन गराउने भएको र आँफु त्यसमा केन्द्रित भएको बताउनुभयो । सरकारले दलका कार्यालयहरु गएर भेटेर बोलाएर चुनाबको बातावरण वनाई रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “ म मन्त्री परिषदको सदस्य भएको नाताले निर्वाचन कसरी गर्ने भन्ने बिषयमा प्रधानमन्त्रीलाई सघाउने हो । निस्पक्ष, धाँदलि रहीत र स्वतन्त्र निर्वाचन गर्ने कुरामा हामी लागेका छौ ।”
सरकारले सुशासन कायम गर्ने कुरा संगै भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा केही आधारशिलाहरु अघि वढाएको उहाँले बताउनुभयो । अर्को प्रशंगमा उहाँले अहिलेका मन्त्रीहरुले निर्वाचनमा उम्मेदवार हुने नहुने कुरा एउटा व्यक्तिका अधिकारको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो “चुनाब लडीराख्दा महत्वपूर्ण पदमा छ भने त्यो पदको दुरुपयोग गर्नु हुँदैन । एउटा व्यक्तिले म चुनाब लड्छु, जनतामा जान्छु, म उम्मेदवार वन्छु, देशको सेवा गर्छु भनेर भन्छ भने त उसलाई बार लगाउनु त भएन ।