मेटलाइफ नेपालबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पच्चीस लाख रुपैयाँ  सहयोग


 काठमाडौं। मिति २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतसम्बन्धी कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मेटलाइफ नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पच्चीस लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

उक्त सहयोग रकम कोषमा जम्मा गरी सोको जानकारी मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठज्यूले आज मिति २०८२।०९।१७ गते (विहीबार) अर्थ मन्त्रालयमा माननीय अर्थमन्त्री श्री रामेश्वर खनालज्यूलाई अवगत गराउनुभयो।

कोषमा पुर्‍याइएको यस योगदानप्रति नेपाल सरकारको तर्फबाट माननीय अर्थमन्त्री रामेश्वर खनालज्यूले मेटलाइफ नेपाललाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

साथै, आजको मितिसम्म उक्त भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा भएको कुल रकम रु. १२ करोड ३३ लाख ६५ हजार पुगेको व्यहोरा समेत जानकारी गराएका छन।