स्वरोजगार लघुवित्तको १७औँ एजीएम माघ ३ गते, १५% लाभांश प्रस्ताव


काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले आफ्नो १७औँ वार्षिक साधारण सभा (एजीएम) आगामी माघ ३ गते आयोजना गर्ने भएको छ। सभा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान मा बिहान ११ः३० बजे देखि सुरु हुनेछ।

संस्थाको पौष ४ गते बसेको सञ्चालक समितिको २९७औँ बैठक ले एजीएम आह्वान गर्ने निर्णय गरेको हो। सभामा आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ।

प्रस्तावित लाभांश ७८ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी को आधारमा वितरण गरिनेछ। जसअनुसार १४.२५ प्रतिशत बोनस सेयर (११ करोड १७ लाख रुपैयाँ)कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश (५८ लाख ७९ हजार रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरिएको छ। कुल लाभांश रकम ११ करोड ७५ लाख रुपैयाँ बराबरको रहेको छ।

एजीएममा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गरिनेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणको प्रस्ताव पनि एजेन्डामा समावेश छ।

त्यसैगरी, सभामा सार्वजनिक सेयरधनी समूहबाट ३ जना सञ्चालकको निर्वाचन हुने छ। साथै, भविष्यमा हुने सम्भावित मर्जर वा एक्विजिसन सम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि पेश गरिनेछ।

लाभांश प्रयोजन तथा एजीएममा सहभागिताका लागि संस्थाले पौष १८ गते बुक क्लोज गर्ने जनाएको छ। सोअनुसार पौष १७ गतेसम्म कायम सेयरधनी ले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र एजीएममा सहभागी हुन सक्नेछ।