काठमाडौं/ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले आज ३३ औं स्थापना दिवस मनाएको छ ।
स्थापना विसको अवसरमा नार्कले स्थापनाको २० वर्षमा भए गरेका कार्यहरुको संक्षिप्त जानकारी दिइएको थियो । कार्यक्रममा नार्कको भावी रणनीति तथा उद्धेश्य पनि राखेको थियो।
राष्ट्रिय कृषि अनुसन्धान प्रणालीको अवधारणा अनुरुप वि.सं. २०४८ वैशाख २५ मा नेपाल कृषि अनुसन्धान ऐन, २०४८ अन्तर्गत स्थापित भएको स्वयात्त सरकारी संस्था हो।
कृषि सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने गराउने, कृषि क्षेत्रका समस्याहरुको निराकरणका उपायहरु पत्ता लगाउने उद्धेश्यले स्थापना गरिएको थियो ।
कृषि सम्बन्धि नीति तर्जुमाको लागि नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने नार्कका तीन प्रमुख उद्देश्यहरु राखेको थियो ।
अहिले जातीय तथा नश्न विकास, कृषि प्रविधि विकास, स्रोत सामाग्री उत्पादन, जैविक विविधता संरक्षण, सामाजिक–आर्थिक तथा नीतिगत अनुसन्धान र प्रविधि हस्तान्तरण, सेवा तथा परामर्श नार्कका प्रमुख कार्यक्षेत्र भनेर तोकिएको छ ।
नार्कले ले मुलुकमा विद्यमान भौगोलिक तथा पारिस्थितिकिय विविधताको प्रतिनिधित्व हुने गरी विभिन्न क्षेत्रमा अवस्थित ६३ कार्यालयमार्फत् अनुसन्धान कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
नार्कले दिएको बिज्ञप्ति अनुसार अनुसन्धान कार्यक्रम संचालन गर्नका लागि आर्थिक स्रोतको रुपमा नेपाल सरकारबाट करिब ९७ प्रतिशत र दातृ निकायबाट करिब ३ प्रतिशत रकम प्राप्त हुने गरेको उल्लेख छ ।
वि.सं. २०१७ मा उन्मोचित गहुँको जात लेर्मा ५२ नेपालमा जातीय विकासको इतिहासमा पहिलो कोशेढुंगाको लिइन्छ ।
नार्कका अनुसार त्यसयता हालसम्म ८४ वालीका ८९३ जातहरु सिफारिस गरिएका छन् ।
जसमध्ये १६५ जातहरु दर्ता सुचीबाट हटाईएको समेत नार्कले जनाएको छ ।
यसरी सिफारिस गरिएका धान, मकै, गहुँ, मुसुरो तथा आलुका जातहरुको अनुशरण क्रमशः ३५ प्रतिशत, ७३ प्रतिशत, ९४४ प्रतिशत, ६० प्रतिशत र ४६४ रहेको छ ।
तर, नार्क स्थापना भए पश्चात् ३० वर्षको तथ्यांक विश्लेषण गर्दा धान, मकै र गहुँ खेती गरिएको क्षेत्रफल नगन्य मात्रामा बढेकोछ । यता उत्पादनमा क्रमशः १२१ प्रतिशत, १५२ प्रतिशत, र २०१ प्रतिशत वृद्धि भएको नार्कको तथ्यांकमा देखिन्छ ।
उल्लेखित अवधिमा धान, मकै र गहुँको उत्पादकत्व क्रमशः ५४ प्रतिशत, ७८ प्रतिशत, र १२१ प्रतिशतले बढेको देखिन्छ।
यसरी उत्पादन तथा उत्पादकत्व वृद्धि हुनुका मुख्य कारणहरु सिंचाई, मलखाद, उन्नत बीउ तथा खेती प्रविधिको बढ्दो प्रयोग भएको नार्कले जनाएको छ ।
खाद्यान्नको उत्पादन बढ्दै गएको तथ्यांकमा देखिएता पनि, वर्षेनि ठूलो रकम खाद्यान्न आयातमा खर्च हुने गरेको छ ।
कृषि अनुसन्धानमार्फत सिफारिस गरिएका हाल प्रचलित उन्नत जात र प्रविधिहरुको अनुशरणलाई थप विस्तारित गर्न सकेको खण्डमा धान, मकै र गहुँको उत्पादनमा क्रमशः २४ प्रतिशत, ९३ प्रतिशत र १० प्रतिशतले वृद्धि गरी उल्लेखनिय मात्रामा आयात प्रतिस्थापन गर्न सकिने तथ्य सरकारले नै औंल्याएको छ।