
ईलाम। र्ईलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ।
नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्धार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो।
प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग पनि खड्का ११४ मतले पराजित हुनुभएको थियो।
सुहाङसँगै चुनावी मैदानमा रहनुभएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात् ११ हजार ४५७ मत पाउनुभएको छ।
यस्तै रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो हुनुभएको छ।