निर्वाचन परिणामसँगै एमालेको नयाँ पदाधिकारी टिम यस प्रकार बनेको छ:-
अध्यक्ष: केपी शर्मा ओली
उपाध्यक्ष: पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा (बादल), गोकर्ण विष्ट, रघुजी पन्त,
महासचिव: शंकर पोखरेल,
उपमहासचिव: लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई,
सचिव: महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यमलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल।
काठमाडौं। नेकपा (एमाले) को निर्वाचन परिणाम सार्वजनिक भएको छ। प्यानलगत प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओली पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन्। महासचिव पदमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेल दुई सयभन्दा बढी मतले विजयी भएका छन्।
उपाध्यक्ष पदमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत प्राप्त गर्दै अग्रस्थान हासिल गरेका छन्। त्यसैगरी विष्णुप्रसाद पौडेलले १६७५, रामबहादुर थापाले १५१६, गोकर्णराज विष्टले १३६८ र रघुजी पन्तले १२५८ मतका साथ उपाध्यक्षमा विजयी भएका छन्।
९ सचिवमा सबैभन्दा सबै ओली पक्षका सचिव निर्वाचित भएका हुन् ।
निर्वाचिन हुने सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् । उनले १५४४ मत ल्याएर विजयी भएका हुन् । दोस्रो धेरै मत ल्याएर विजयी हुनेमा पद्माकुमारी अर्याल रहेकी छन् । उनले १५३० मत ल्याएकी छन् ।
यसैगरी तेस्रो धेरै मत ल्याउनेमा छविलाल विश्वकर्मा रहेका छन् । उनले १५०६ मत ल्याएका छन् । यसैगरी सचिवमा विजयी हुनेमा शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कंडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) रहेका छन् ।
