काठमाडौं। टीआईए, दीक्षालय, आयोजक काष्ठमण्डप विद्यालय, वेदव्यास र रातो बंगला तेश्रो काष्ठमण्डप कपमा बुधबार च्याम्पियन बनेका छन्।
बास्केटबलको ब्वाइजमा टीआईए र गल्र्समा दीक्षलय पहिलो भए । फुटसलको जुनियर ब्वाइज यु–१३ मा काष्ठमण्डप, सिनियर ब्वाइजमा वेदव्यास र गल्र्समा रातो बंगलाले उपाधि जिते।
बास्केटबलको ब्वाइज फाइनलमा टीआईएले मातृभूमिलाई ५८–४३ ले पराजित ग-यो। टीआईएका रोशन नगरकोटीले २९ अंक जोडे। गल्र्सको उपाधि भिडन्तमा दीक्षालयले काष्ठमण्डपलाई १५–१४ को झीनो अन्तरले हरायो। दीक्षालयकी लाक्पा डोमा शेर्पाले ९ स्कोर गरिन्।
ब्वाइजमा टीआईएका वर्दान थापा तथा गल्र्समा दीक्षालयकी दिपशिखा गोले तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।