काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालले २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षितरुपमा सम्पन्न गर्न आफ्नो परिचालनसम्बन्धी नीति बनाएको छ ।
सशस्त्र प्रहरी बल, राजस्व चुहावट नियन्त्रण, सीमा सुरक्षा, औद्योगिक र महत्वपूर्ण व्यक्तिको सुरक्षालगायत आन्तरिक शान्ति-सुव्यवस्थामा आफ्नो जिम्मेवारी अब्बल तरिकाले निर्वाह गर्दै राष्ट्रको महत्वपूर्ण सुरक्षा संगठनका रुपमा आफूलाई स्थापित गरेको छ।
यहि भदौ २३ र २४ गते जेन-जी विद्रोहका क्रममा लुटिएका, खोसिएका र हराएका हतियारलाई कारण देखाई निर्वाचनप्रति आशंका व्यक्त गर्नेहरुले पहिलो संविधानसभाको निर्वाचन सशस्त्र प्रहरी बल नेपालकै सुरक्षामा सम्पन्न भएको स्मरण गर्न जरुरी छ।
सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाका अनुसार सबै निर्वाचन क्षेत्रहरुमा (अति संवेदनशील, संवेदनशील र सामान्य) सशस्त्र प्रहरी बल, नेपाल भरि तोकिएको जिम्मेवारीमा परिचालन गर्ने र निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मकरुपमा परिचालन गर्नेलगायतका नीति तर्जुमा गरी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन नेपाल सरकारले भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीतिअनुरुप ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार सशस्त्र प्रहरी बल, नेपालले तोकिएको जिम्मेवारी त्रुटीरहित ढंगबाट पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सक्षम रहेकोे जानकारी दि उपलब्ध स्रोत र साधनको अधिकतम् प्रयोग गरी प्रभावकारी परिचालन गर्नका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन नीति’ तर्जुमा गरिएको हो ।