काठमाडौँ । जेनजीको नेतृत्वमा भएको जनआन्दोलन सम्बन्धी सम्झौतामा आज नेपाल सरकार र जेनजी प्रतिनिधिहरूबीच हस्ताक्षर सम्पन्न भएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र सहिद परिवारका अगुवा भोजविक्रम थापाले सम्झौतामा हस्ताक्षर गरे।
सम्झौतामा जेनजी आन्दोलनका सहिद तथा घाइतेको सम्मान, भदौ २३-२४ का घटनाको छानबिन, पुनरावृत्ति रोक्न संस्थागत सुधार, दलीयकरण अन्त्य, पारदर्शिता, अभिव्यक्ति तथा डिजिटल स्वतन्त्रता, समावेशी प्रतिनिधित्व, निष्पक्ष निर्वाचन सुनिश्चितता लगायतका विषय समेटिएका छन्।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, ऊर्जामन्त्री कुलमान घिसिङलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो। स्वतन्त्र पर्यवेक्षकका रूपमा खगेन्द्र संग्रौला र विद्याधर मल्लिकको समेत उपस्थित रहेको थियो।
प्रधानमन्त्री कार्कीले सम्झौतालाई इतिहासको कोशेढुंगा भन्दै जेनजी आन्दोलनले नेपालको परिवर्तन यात्रा नयाँ दिशातर्फ अघि बढाएको टिप्पणी गरिन्।