गोरखा सेवा समाज, कतारद्वारा २३ औँ स्थापना दिवस भव्यरूपमा मनाइने


कतार। तन, मन, वचन र कर्मले सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको गोरखा सेवा समाज, कतारले आगामी डिसेम्बर १८, २०२५ मा आफ्नो २३ औँ स्थापना दिवस भव्यरूपमा  कतारकाे फुलबारी रिसोर्टमा मनाउने भएको छ।

बिदेशमा रहेका नेपाली दाजुभाइलाई आफ्नो संस्कृति जगेर्ना गर्नका लागि समाजले यो अवसरमा शुभकामना आदान–प्रदानसहित बृहत् सांस्कृतिक कार्यक्रम–२०२५ आयोजना गर्न लागेको हो।

समाजका अनुसार कार्यक्रमलाई आकर्षक र मनोरञ्जनपूर्ण बनाउन नेपाल तथा कतारमा परिचित विभिन्न गायक–गायिका तथा नृत्य कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।

कार्यक्रममा गायिका रश्मि सेन्चुरी, गुना मगर (निशु), तथा गायक पुकार थापासङ्गीत बिसिले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्।

त्यस्तै सानुमाया गुरूङ, सलिना सिंह ठकुरी, प्रिया लामा, सरिता वान्तवा राईश्रीष्टि राई लगायतका कलाकारहरूले नृत्य प्रस्तुति दिनेछन्।

कार्यक्रमको समन्वय अर्जुन सङ्गौलाले गर्ने समाजले जानकारी दिएको छ।


स्थापना दिवसको विशेष समारोह फुलबारी रेस्टुरेन्ट, कतारमा दिउँसो १२ बजेबाट सुरु हुनेछ।

समारोह भव्य बनाउनका लागि समाजले विभिन्न मिडिया संस्थाहरूलाई समेत सहकार्यकर्ता बनाएको छ। कार्यक्रममा मध्यान्ह राष्ट्रिय दैनिक, रेडियो साहिनो 89.8 मेगाहर्ज (पश्चिम चितवनको आवाज), जोइन मिडिया, बुटवल टुडे र न्युज लेन्स गोरखाले मिडिया पार्टनरका रूपमा साथ दिनेछन्।

गोरखा सेवा समाज, कतारले यस कार्यक्रममार्फत समुदायबीच आपसी सद्भाव, सांस्कृतिक पहिचान र एकताको सन्देश फैलिने विश्वास व्यक्त गरेको छ।