काठमाडौं। नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको ताजा सोल्भेन्सी रेसियो विवरण सार्वजनिक हुँदै जादा कम्पनीहरूको वित्तीय स्वास्थ्यबारे स्पष्ट संकेत देखिएको छ।
समीक्षा अवधिमा शिखर इन्स्योरेन्स ५.०८ को सोल्भेन्सी रेसियोसहित उद्योगमै सर्वाधिक सुरक्षित कम्पनीको रूपमा उभिएको अवस्थामा अन्य कम्पनीहरूको सूचकांक पनि सार्वजनिक भएका छन्।
प्राप्त विवरणअनुसार नेको इन्स्योरेन्सले ३.८४ को सोल्भेन्सी रेसियो कायम गरेको छ भने एनएलजी इन्स्योरेन्स ३.४२ र हिमालयन एभरेष्ट इन्स्योरेन्स ३.३२ को अनुपातसहित शीर्ष समूहमा परेका छन्।
सोही अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सोल्भेन्सी रेसियो ३.१८ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.७५ रहेको देखिन्छ।
यता युनाइटेड अजोड इन्स्योरेन्स र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी दुवैले २.७३ को समान सोल्भेन्सी रेसियो कायम गरेका छन्। द ओरियण्टल इन्स्योरेन्सको अनुपात २.६६ र सानिमा जिआइसी इन्स्योरेन्सको २.६२ रहेको छ।