वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको आईपीओ सोमबारदेखि


काठमाडौं। कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको एघार लाख पचपन्न हजार नाै सयसाठी  कित्ताको दश प्रतिशत अर्थात् एक लाख पन्ध्र हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सोमबारदेखि आइपियो निष्कासन गर्न लागेको हो ।

कम्पनीले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा रिलायन्सको कुल आम्दानी ९ अर्ब २० करोड ६० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी सञ्चालन नाफा ५७ करोड २८ लाखबाट बढेर १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको रिलायन्सले एक वर्षअघि आईपीओको मूल्य ८ सय २० रुपैयाँ ८० पैसा तय गरेको थियो । आर्थिक वर्ष २०८०/८१ को नाफाको आधारमा उक्त मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ । कम्पनीको लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरणअनुसार उक्त आवमा कम्पनीले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको दाबी छ।

रिलायन्सले संस्थागत लगानीकर्तालाई भने माघ २०८० मै अधिकतम ९१२ रुपैयाँका दरले सेयर बिक्री गरिसकेको छ । सर्वसाधारणलाई १० प्रतिशतमा कम हुने गरी सेयरको मूल्य तय गरिएको हो ।

वार्षिक वित्तीय विवरणले कुल आम्दानी र सञ्चालन नाफामा पनि उल्लेख्य वृद्धि भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।