सुनको मूल्यमा गिरावट


काठमाडौं। सुनको मूल्यमा तोलामा दुई सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भइहेको छ।

गत शुक्रबार प्रतितोला २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत असोज ३१ गते नै सुनको मूल्य ताेलाकाे २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो।

यस्तै यही मंसिर १७ गते बुधबार चाँदी अहिलेसम्मकै उच्च मूल्य ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।