जेनेभा– अल्पसङ्ख्यक मामिलासम्बन्धी विशेष प्रतिवेदक, निकोलस लेभ्राले ४ देखि १३ डिसेम्बर, २०२५ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको भ्रमण गर्नुहुनेछ ।
भ्रमणका क्रममा, विशेष प्रतिवेदकले राष्ट्रिय वा जातीय, धार्मिक र भाषिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई प्रभावित गर्ने कानुन, नीति र अभ्यासहरु, उनीहरुको प्रभावकारी राजनीतिक सहभागिता, पर्याप्त शिक्षा, न्यायमा पहुँच र अल्पसङ्ख्यहरुप्रति लक्षित घृणास्पद अपराध र घृणास्पद अभिव्यक्तिसहित फौजदारी न्यायको प्रशासन लगायतका विषयहरुको समीक्षा गर्नुहुनेछ ।
विशेष प्रतिवेदक लेभ्राले सरकारी पदाधिकारीका साथै अल्पसङ्ख्यक समूह, नागरिक समाज संस्थाका प्रतिनिधिहरु, धार्मिक अगुवाहरु, र अन्य सरोकारवालाहरुसँग भेटघाट गर्नुहुनेछ ।
विशेष प्रतिवेदक लेभ्राले आफ्नो भ्रमणको सुरुवात काठमाडौंबाट गर्नुभई मधेश प्रदेश र कर्णाली
प्रदेशसहित देशका विभिन्न क्षेत्रको भ्रमण गर्नुहुनेछ।
यो भ्रमण सङ्घीय लोकतान्त्रिक गणतन्त्र
नेपाल सरकारको निमन्त्रणामा हुनगइरहेको हो ।
विशेष प्रतिवेकले आफ्ना प्रारम्भिक निष्कर्ष र सिफारिसहरु १२ डिसेम्बर, स्थानीय समय ३ः००
बजे युएन हाउस, पुल्चोक, ललितपूरस्थित सम्मेलन कक्षमा आयोजना गरिने प्रेस सम्मेलमार्फत सार्वजनिक गर्नुहुनेछ ।
# विशेष प्रतिवेदकले आफ्नो प्रतिवेदन संरासङ्घीय मानवअधिकार परिषद्मा मार्च २०२६ मा प्रस्तुत गर्नुहुनेछ ।