काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा तिन पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन सत्र जित्ने योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट उक्त कारोबार गर्ने
दुईजना भाग्यशाली ग्राहकहरुलाई आइफोन सत्र प्रदान गर्नेछ ।
साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे डाइरेक्ट मार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ ।
यो योजना मंसिर १५, २०८२ देखि पौष २५, २०८२ सम्म लागू रहनेछ।
यस योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्टप्रयोग गरी न्यूनतम् तिन पटक रकमान्तर गरेको हुनपर्नेछ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ।
बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५,
बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ।
ग्लोबल आइएमई बैंक देशका सतहत्तर जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ।