मलेशिया कर्निवल २०२५ बौद्ध इन्टरनेशनल स्कुल अत्तरखेलमा शुरु,


काठमाडौं।  मलेशिया कर्निवल २०२५, मलेशिया दुताबास काठमाडौँ, नेपालको सहकार्यमा आज मंसिर १३ गते बाट बौद्ध इन्टरनेशनल स्कुल, अत्तरखेलमा शुरुआत भयो।

मलेसियन दूतावास काठमाडौं, स्टडी प्लस प्रा. लि. र जोम नेपालसँगको सहकार्यमा मलेसियाको सहायक राजदूतको प्रमुख अतिथिमा कार्यक्रम संचालन भयाे।

यस कार्निवलमा युवा सहभागी वर्गलाई आकर्षित गर्न रोचक खेलकुद प्रतियोगिताहरू पनि समावेश गरिएको स्टडि प्लस र जाेम नेपालका प्रमुख उमेश अधिकारीले बताएका छन।

यस कर्निवलको नेपालका पर्यटकहरूलाई २०२६मा मलेसिया भ्रमण गर्न प्रोत्साहित गर्नु  प्रमुख उद्देश्य रहेको सहायक राजदुत फिरादिउयसले बताउनुभयो । जसका लागि विजिट मलेसिया २०२६ अभियान हुन गैरहेको छ र खाना, सांस्कृतिक रहनसहन, उच्च शिक्षा र भ्रमणका उत्तम गन्तव्यमा बनाउनका लागि यसकाे आयाेजना गरिएको उनलेे बताए।

आजकाे  खेलकुदको शुुभारम्भ प्रमुख अतिथि फिरादिउयस, स्कुलका प्रधानध्यापक हरि लामा र स्टडिप्लसका उमेश अधिकारी बाट भयाे।

अाजकाे खेल हाई स्कूल बास्केटबल  र हाई स्कूल फूटसल (पुरुष टोली)काे खेल हुनेछन् ।

२०२६ मा विजिट मलेसिया मनाउनको लागि तयारी गर्दै, कार्निवलमा विशेष यात्रा प्याकेजहरू र अफरहरु पनि प्रदान गरिदै छ जसले नेपाली यात्रुहरू बीचमा बढि चासो उत्पन्न गर्न मद्दत गर्नेछ।