काठमाडौं।
नेपालमा मकैको मूल्य शृङ्खला सुदृढ पार्ने उदेश्यले काठमाडौंमा दुई दिनेअन्तर्राष्ट्रिय सम्मेलन आयोजना भयो र यसले नेपालको मकै क्षेत्रलाई सुदृढ पार्न महत्वपूर्ण सिफारिसहरू अनावरण ग-यो। (युएसएआईडी) को नेपाल बीउ तथा मल परियोजनाको सहयोगमा भएको उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MOALD), कृषि विभाग, राष्ट्रिय कृषि अनुसन्धान परिषद् ( NARC), कृषि उद्यम केन्द्र लगायतका प्रमुख निकायहरुको सहभागिता रहेको थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले नीतिगत विकासमा जानकारी गराउन विशेषगरी मकैको व्यावसायीकरणको राष्ट्रिय रणनीतिलाई सुदृढ गर्न सम्मेलनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।
कुशल बजार प्रणालीको विकास मार्फत मकैले कृषक, निजी क्षेत्र र नेपाल सरकारका लागि धेरै निकायहरुलाई बिभिन्न क्षेत्रमा सहजता दिने युएसएआईडी नेपालको आर्थिक वृद्धि कार्यालयका कार्यवाहक निर्देशक जुडिथ अल्मोडोभरले टिप्पणी गर्नुभयो।
सिमिटका प्रतिनिधि डा. द्युतिमान चौधरीले विगत दुई वर्षयता नेपाली मकै किसानको आम्दानीमा करिब ५० प्रतिशत वृद्धि भएको उल्लेख गर्दै नेपालमा मकै क्षेत्रको स्तरोन्नति गर्नु महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
नेपालमा पहिलो पटक भएको यो अग्रगामी सम्मेलनमा भारत, बंगलादेश र नेपालका विज्ञहरू र सरकारी साझेदारहरूसँगै मकै मूल्य शृङ्खलाका विभिन्न पक्षबाट प्रतिनिधित्व रहेको थियो । कार्यक्रममा माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, सचिवद्धय डा. गोविन्द प्रसाद शर्मा र डा. रेवती रमण पौडेल, नेपाल सरकारका वरिष्ठ पदाअधिकारीहरु तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको उपस्थिति रहेको थियो ।
मकै नेपालको कृषि क्षेत्रको बाली र खाद्य आधारशिलाको रूपमा रहेको छ। मकै एक मुख्य खाद्यन्न बालीको रूपमा रहेकोले नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को फिड द फ्युचर स्ट्राटेजीमा समेत समावेस रहेको छ । अन्तर्राष्ट्रिय मकै सम्मेलनले नेपाल सरकार, विकास सहायता निकायहरु, निजी क्षेत्रका संस्थाहरू र कृषि सरोकारवालाहरूलाई मकैको उत्पादन र व्यावसायीकरणमा अभिमुखीकरण, विचार विमर्श र रणनीति बनाउनको लागि एक निर्णायक मञ्चको रूपमा स्थापित भएको छ । यस पहलले, मकैकोबढ्दो घरेलु माग पूरा गर्न, विश्वव्यापी मकै बजारमा प्रतिस्पर्धा बढाउने र आयात निर्भरता घटाई नेपालको क्षमतालाई बलियो बनाउने लक्ष्य राखेको छ ।
युएसएआईडीले सन २०११ देखि नेपाली कृषकहरूलाई उन्नत बाली उत्पानद गरि आर्थीक उन्नतीमा मद्दत गर्न १८१ मिलियन डलर भन्दा बढी लगानी गरेको छ । युएसएआईडीले कृषकहरूलाई आफ्ना उत्पादनहरू सजिलै बजारीकरण गर्न, उत्पादित बालीको परिमाण बढाउन र जलवायु सम्बन्धी बिपदहरूलाई अझ राम्रोसँग सहजिकरण गर्न सक्ने बिभन्न गतिविधिहरूमा १०० मिलियन डलर भन्दा बढी कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग साझेदारी गरेको छ ।