ईकोनोमिक खबर, काठमाडौं।
जेठ १३ गतेदेखि इन्फिनिटी लघुवित्तको शेयरमा आवेदन गर्ने अवसर खुला हुने भएको छ। इन्फिनिटी लघुवित्तले जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२।५० प्रतिशत बराबरको सार्वजनिक निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आइपिओ निष्काशन गर्नेछ। जसमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई छुट्याइएको छ। ६ लाख २९ हजार ९३० कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा यष्स आईपिओमा ६२ हजार ९९३ जनाले गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन् । हाल तीन लाख भन्दा बढीले लघुवित्तको आईपिओमा आवेदन गर्ने गरेका छन् । यसअनुसार कम्पनीको आईपिओ १५ देखि २० प्रतिशत आवेदनकले पाउने देखिन्छ ।
धितोपत्र बोर्डले हरेक सार्वजनिक निष्काशनमा कम्तिमा चार दिन लगानीकर्तालाई लगानीको अवसर दिने गरेको छ। सो अवधिमा आवश्यक आवेदन नपरे एक महिनासम्म निष्काशन खुला रहने गर्दछ ।
बैशाख २३ गते धितोपत्र बोर्डबाट आईपिओ निष्काशन अनुमति पाएको लघुवित्तले जेठ १३ गतेदेखि आईपिओ निष्काशन गर्न लागेको हो। यस अनुसार उक्त आईपिओमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले जेठ १३ देखि १६ गतेसम्म आवेदन गर्न सक्नेछन्। आवश्यक आवेदन नपरेको खण्डमा भने असार १० गतेसम्म बिक्री खुला रहनेछ।
लघुवित्तको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। लघुवित्तको आईपिओमा अनलाईनबाट मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका लगानीकर्ताकै बैंक खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीमा आईपिओ भर्न सकिन्छ।
लघुवित्त कम्पनीको आईपिओलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्गस् नेपालले ‘ग्रेड ४’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ।
यस्तो छ वित्तीय अवस्था
गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट।न।पा। वडा नं। ०२ कालीगण्डकी चोकमा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ०७३र७४ मा ५९ लाख ७४ हजार नोक्सानीमा रहेको थियो भने गत आवमा ५३ लाख ३७ हजार खुद नाफा आर्जन गरेको छ।
विवरणपत्रमा उल्लेख भएअनुसार लघुवित्तले चालु आवमा एक करोड २४ लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण गरेपनि चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १९ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरिसकेकाले लघुवित्तले चालु आवमा ३ करोड खुद मुनाफा गर्ने देखिन्छ ।
हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्फिनिटीको आईपिओ बिक्रीपछि २० करोड ७४ लाख पुग्नेछ। अधिकृत पूँजी ५० करोड रहेको छ ।
इन्फिनिटीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिशेयर आम्दानी १८ रुपैयाँ र आगामी वर्षमा २७ रुपैयाँ तथा आव ०७७र७८ मा ३९ रुपैयाँ ३८ पैसा पुग्ने प्रक्षेपण गरेको छ।
यस्तै चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसा, आगामी आर्थिक वर्षमा १२४ रुपैयाँ २९ पैसा र आव ०७७र७८ मा १३८ रुपैयाँ १३ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।
व्यवस्थापकीय टीम
लघुवित्त कम्पनीमा ३० बर्ष नेपाल सरकारको विभिन्न ओहदामा रही सचिव पदबाट निवृत भएका खेमराज नेपाल लघुवित्तको अध्यक्ष रहेका छन्। संगिता कडारिया, बिष्णु कुमार घिमिरे, रामकृष्ण डङ्गोल सञ्चालक र प्रदिप नरसिंह रायमाझी स्वतन्त्र सञ्चालक छन् ।
कडारिया शिखर शुज ईन्ड्रष्ट्रिजकी प्रबन्धक निर्देशक हुन् भने घिमिरे विभिन्न कलेजहरुमा अध्यापन पेशामा विगत २० वर्षदेखि आबद्घ रहि एमबिसन एकेडेमि कलेजमा प्रिन्सिपलको रुपमा कार्यरत रहेका छन्। यस्तै डङ्गोल २० वर्षभन्दा बढी हस्पिटालीटी मेनेजमेन्टमा कार्य गरेको अनुभव सहित होटल प्यासिफिक प्रा।लि। मेनेजिङ्ग डाईरेक्टर छन्।
उनी होटल एसोसिएसन नेपालको कमिटि सदस्य, लाईन्स क्लब अफ नेपालको रिङ्गरोड शाखा अध्यक्ष,तथा रायमाझी ३० बर्षभन्दा बढी हिमालय बैक तथा अन्य बैंक तथा वित्तीय संस्थामा कार्य गरेको अनुभवी व्यक्ति हुन् ।
कुशल व्यवस्थापनकै कारण कम्पनीले प्रक्षेपित भन्दा ७७ प्रतिशत धेरै मुनाफा चालु आवको तेस्रो त्रैमाससम्ममा गरिसकेको छ । लघुवित्तको २३ जिल्लामा कूल ४२ शाखा सञ्चालनमा रहेका छन् ।
यस्तै लघुवित्तमा एमबिएस, एमए सम्मको अध्ययन सकेका र १३ वर्ष लघुवित्तमा अनुभव संगालेका प्रवीणकुमार लामाले २०७४ जेठदेखि प्रमुख कार्यकारी अधिकृत पद सम्हालिरहेका छन् भने १८४ जना स्थायी कर्मचारी स्थायी रहेका छन् ।