कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा कूल निक्षेपको ९० प्रतिशत सम्म कर्जा सुविधा


काठमाडौं। कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको छ । यसका लागि बैंकमा मुद्दति निक्षेप र रिकभरीङ निक्षेप भएको हुनुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाएको छ । 

यसका लागि बैंकका बचतकर्ताले बैंकको मोबाइल बैंकिङ एपद्वारा कूल निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा सजिलै र तुरुन्तै लिन सक्नेछन्।

अहिलेसम्मको व्यवस्था अनुसार यो सेवा लिनको लागि बचतकर्ता स्वयम् बैंकको नजिकैको शाखामा उपस्थित हुनुपर्दथ्यो । अब भने बैंकले मोवाइल एपको पछिल्लो संस्करणमार्फत बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै सो सेवा घरमा बसेर नै लिन सकिने व्यवस्था गरेको छ ।

बैंकले मोबाइल बैंकिङ एपमार्फत कर्जा लिँदा व्याजदरमा ०.२५ प्रतिशत छुट हुनेछ भने यस्तो कर्जा लिनको लागि कुनै पनि किसिमको कागजी प्रकृयाहरु नहुने बैंकले जनाएको छ । मोबाइल बैंकिङ एपमार्फत लिन पाइने यो सुबिधा चौबिसै घण्टा उपलब्ध रहने पनि बैंकले जनाएको छ ।
निक्षेपकर्तालाई आवश्यकता परेका अवस्थामा निक्षेपकर्ताले आफ्नो मुद्दति निक्षेपलाई रद्द नगरी, मोबाइल बैंकिङ एपमार्फत् सामान्य केहि क्लिकहरु गरेको आधारमै आफ्नो बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सक्नेछन् ।

बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुबिधाहरु उपलब्ध गराउँदै आएको छ जसले नेपालको बैंकिङ तथा डिजिटल क्षेत्र प्रबर्धन गर्न ठुलो योगदान पुर्याएको बैंकले जनाएको छ।