इकोनोमिक खबर, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दुई अर्ब ४१ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले सोही अवधिमा एक खर्ब ८१ अर्ब रुपियाँ निक्षेप सङ्कलन, एक खर्ब ३४ अर्ब रुपियाँ कर्जा लगानी गरेको जानकारी दिइएको छ ।
रावा बैंकको ते¥हौं वार्षिक साधारणसभामाले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष गुरुङले प्रतिवेदन प्रस्तुत गर्दै रावा बैंक विश्वासनीय भएको र आगामी दिनमा थप सृदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साधारणसभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रतिनीधि तथा सार्वसाधारण शेयरधनीहरुको उपस्थिति रहेको थियो । प्रतिवेदनमाथि शेयरधनीहरु दामोदर प्रसाद रेग्मी, निरज्नकुमार तिवेडेवाल र अमृतनाथ रेग्मीेले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाव सहितको धारण राख्नुभएको थियो ।
साधारण सभामा बैंकका सञ्चालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, रविन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, डा. माधवप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कविराज अधिकारी, सुशिल श्रेष्ठ, उपकार्यकारी अधिकृत टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी र विभागीय प्रमुखहरु लगायतकोे उपस्थिती रहेको थियो ।
बैंकको हाल ७७ जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । चालु आ.व.को दोस्रो त्रैमाससम्म बैंकले एक१ खर्ब ८१ अर्ब रुपैंया निक्षेप संकलन, १ खर्ब ३४ अर्ब रुपैंया कर्जा लगानी र २ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा गरेको छ ।