काठमाडौं। ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित विश्व खाद्य दिवस आज असाेज ३० गते अक्टाेबर १६, कृषि तथा पशुपन्छी विकाम मन्त्रीको प्रमुख आतिथ्यता, मन्त्रालयका सचिवद्वयको विशिष्ट आतिथ्यता एवं कृषि विभागका महानिर्देशक एवं विश्व खाद्य दिवस २०८२ मूल समाराेह समितिका संयाेजक प्रकाश संजेलकाे अध्यक्षतामा कार्यक्रम मनाइएकाे छ।
यसवर्ष विश्व खाद्य दिवसमा खाद्य संप्रभुतासंग जाेडिएको कृषि, खाद्य अधिकारकाे स्थानीयकरण, नीति तथा कार्यक्रमहरू र कृषि मैत्री प्रविधिकाे विस्तार एवं कृषि क्षेत्रमा क्रियाशील संचारकर्मी र सातै प्रदेशका किसान, एवं स्थानीय तहकाे सम्मान गरी मनाइएकाे छ। समाराेहमा महासंघकाे तर्फबाट अध्यक्ष पंचकाजी श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
सम्मानित स्थानीय तहहरू
कृषिमैत्री नीति, कार्यक्रम र कार्ययोजनाका साथै स्वच्छ खाना प्रबर्द्धनमा याेगदान पुर्याए बापत सातै प्रदेशका स्थानीय तहहरू सम्मानित भएका छन।
- कोशी प्रदेशबाट लालिगुराँस नगरपालिका तेह्रथुम,
- मधेश प्रदेशबाट बरथवा नगरपालिका सर्लाही,
- बागमती प्रदेशबाट जिरी नगरपालिका दोलखा,
- गण्डकी प्रदेशबाट अजिरकोट नगरपालिका गोरखा,
- लुम्बिनी प्रदेशबाट भूमे गाउँपालकिा रुकुम पूर्व,
- कर्णाली प्रदेशबाट सिमकोट गाउँपालिका हुम्ला,
- सुदूरपश्चिम प्रदेशबाट अपि हिमाल गाउँपालिका दार्चुला लाइ सम्मान गरिएकाे छ।
किसानहरूमध्येबाट सम्मानित
साथै स्वच्छ खाना प्रबर्द्धनमा याेगदान पुर्याए बापत किसानहरूमध्येबाट सातै प्रदेशबाट निम्न किसान सम्मानित भएका छन।
- कोशी प्रदेश विर्तामोड नगरपालिका ७ का प्रदीप खनाल,
- मधेश प्रदेश धनगढीमाइ नगरपालिका ९ का बसन्तकुमार मोक्तान,
- बागमती प्रदेश पनौती नगरपालिका १० का पदमराज अगस्ती,
- गण्डकी प्रदेश अन्नपूर्ण गाउँपालिका २ का चित्रबहादुर घरबुजा,
- लुम्बिनी प्रदेश कोहलपुर नगरपालिकाका पुरमल बस्नेत,
- कर्णाली प्रदेश बीरेन्द्रनगर नगरपालिका ९ का नीता कुमारी चन्द,
- सुदूरपश्चिम प्रदेश स्वामी कार्तिक गाउँपालिकामा बस्ने धर्मराज भट्ट सम्मानित हुनु भएकाे छ।
संचारकर्मी सम्मानित
- एवं संचारकर्मीमध्येबाट राताेपाटी डटकमबाट अमृत चिमोरिया सम्मानित हुनु भएकाे छ।