Mar 14, 2025

मिस नेपाल २०२४को टाइटल स्पोन्सरको रुपमा डाबर वाटिका स्याम्पु


काठमाण्डौं। डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गर्दछ । यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने र सौन्दर्य प्रवर्द्धन गर्ने डाबर वाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ। 

पछिल्लो केहीवर्षहरूमा, डाबर वाटिका मिस नेपाल प्रतियोगिता नेपाली महिलाहरूको विविध प्रतिभा प्रदर्शन गर्दै सुन्दरता र बौद्धिकताको उतकृष्ट नमुना बनेको छ । शीर्षक प्रायोजकको रूपमा, डाबर वाटिकाले महिला सशक्तिकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गर्दै, महिलाहरूलाई समर्थ बन्न र समाजमा प्रभावपार्न महत्त्वपूर्ण प्लेटफर्म प्रदानगर्दछ।  
 
डाबर नेपालका मार्केटिङ हेड अभय प्रसाद गोर्खालीले भन्नुहुन्छ, “हामी सुन्दरता र बौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासँग आबद्ध हुनपाउँदा हर्षित छौं। यो साझेदारी मार्फत, हामीले नेपालभरका महिलाहरूलाई निडरताका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने लक्ष्य राख्छौं।“ 

प्रतियोगिताको आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापित भन्नुहुन्छ “मिस नेपाल २०२४ को टाइटल प्रायोजकका रूपमा डाबर वाटिकालाई स्वागतगर्न पाउँदा हामी खुसी छौं। हामी अनगिन्ती व्यक्ति र समुदायहरूलाई प्रेरित गर्ने फलदायी साझेदारीको लागि तत्पर छौं।

डाबर वाटिका न्याचुरलस् स्याम्पुले उपभोक्ताहरूलाई उत्कृष्ट प्राकृतिक कपालको हेरचाह समाधानहरू भएको प्राकृतिक स्याम्पुहरूको विस्तृत श्रृंखला प्रदानगर्दछ। डाबर वाटिका प्राकृतिक स्याम्पु ३ प्रकारमा उपलब्ध छ– कालो कपालको लागि ब्ल्याक शाइन स्याम्पु, बाक्लो र लामो कपालको लागि थिक एण्ड लङ्ग स्याम्पु र डन्डीफर रहित कपालका लागि एन्टी–ड्यान्ड्रफ स्याम्पु प्रत्येक भेरियन्ट १० प्राकृतिक तत्वहरूले भरिपूर्ण छ।