ईकोनोमिक खबर, काठमाडौं।
ओयो होटल्स् एण्ड होम्स्, दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो सबैभन्दा ठूलो र विश्वकै सबैभन्दा तीव्रगतिमा फैलिरहेको लिज्ड् तथा फ्रेनचाईज होटल, घर तथा आवासले आज पहिलो त्रैमासिकको ट्राभल बुकिङ सूची सार्वजनिक गरेको छ । जसले विदेशी तथा नेपालीहरुले आउँदो गर्मीमा नेपाल भ्रमणका योजनाहरु कसरी बनाएका छन्भन्ने कुरालाई प्रष्ट दर्शाएको छ।
अघिल्लो वर्षको बुकिङको तुलनामा यस वर्ष गर्मीयामको कुल बुकिङमा पहिलो त्रैमासिकमै २२१ प्रतिशतले वृद्धिः
उक्त सूची अनुसार अघिल्लो वर्षको बुकिङ्गको समान अवधिको तुलनामा यस वर्ष कुल बुकिङमा २२१ प्रतिशतले वृद्धि भएको कम्पनिले जनाएको छ, जसमा आन्तरीक पयर्टनमा बृद्धि भईरहेको छ, नेपालीहरुले पनि गर्मी बिदा मनाउने योजना अगाडि नै बनाउन शुरु गरेको तथ्याँकले देखाउँछ। प्रत्येक ७२.४८ सेकेण्डमा एउटा ओयो बुक हुने गरेको देखिन्छ, जसमध्ये सबैभन्दा बढि बुकिङ भएका गन्तव्य काठमाडौं, पोखरा, चितवन र विराटनगर शहरहरु प्रमुख रुपमा रहेका छन। विशेषत रुपमा प्रमुख गन्तब्य मध्ये काठमाडौें शिर्ष स्थानमा रहेको छ,
परिवार, युगल र एकल यात्रीहरुको भरपर्दो रोजाईमा ओयो:
जसमध्ये अधिकतम बुकिङ युवा तथा युगल जोडीहरुले (५७.२७५) सम्म बुकिङ्गगरेका छन्भने परिवार र एकल यात्रुहरुले समान संख्यामा(२१.३६५)बुकिङ गरेका छन् ।
नेपालीहरुमाँझ प्रविधिको बढ्दो प्रयोग:
नेपालमा इन्टरनेटको प्रयोग बढ्दो छ, र विभिन्न रमणिय ठाँऊ घुम्न र रमाउनका लागी नेपाली यात्रुहरुले छुट्टीको योजना बनाउने, आधुनिक प्रविधिको प्रयोगले अघ्रिम बुकिङ्गमा रुचि बढ्दो छ, विभिन्न एपमार्फत भएका बुकिङले प्रष्ट झल्काउँछ, जुन ४०.७९ गुणाले सम्पर्क अफिसमा जाने र डेक्सटप बुकिङ भन्दा माथि रहेको छ । विभिन्न आधारमा यो पनि देखिन्छ कि बजेट श्रेणीका होटलहरु अन्य भन्दा उच्च संख्यामा बुकिङ भइरहेका छन् ।
बुकिङको बढ्दो प्रचलनको लोकप्रियतालाई लिएर, ओयो होटल्स् एण्ड होम्स्, भारत र दक्षिण एशियाका प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले भन्नुभयो,
“परिवार र साथीहरुसँग गर्मी बिदा मनाउँदै हुर्किनु हामी सबैको जीवनको महत्वपूर्ण पाटो हो । अधिकांशले यो समयलाई आफ्ना प्रियजनसँग बिताएर सदुपयोग गर्न रुचाउँछन् । ओयोमा हामीले सुलभ, गुणस्तरीय भ्रमण तथा आवासको विकल्पको आवश्यकतालाई बुझेका छौँ र यहाँको बसाई आनन्ददायक र झन्झटमुक्त बनाउन निरन्तर प्रयासरत छौँ । अहिले ओयो काठमाडौं, पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, विराटनगर, हेटौँडा, नेपालगञ्ज तथा धनगढी गरेर नेपालका १० शहरहरुमा सञ्चालनमा आइसकेको छ र हामी ग्लोबल र स्थानीय यात्रुहरुलाई नेपालमा ओयोको उत्कृष्ट अनुभव गराउँन लागि परेको छौँ । ”
ओयोको गर्मीयामको बुकिङ सूचीले उपभोक्ताको व्यवहार र अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति माथि पनि प्रकाश पारेको छ । भारत, मलेशिया तथा इन्डोनेशियाका अत्याधिक बुकिङ भएका शहरहरु क्रमश गोवा, क्वाला–लम्पुर तथा जाकार्ता हुन् । भारतमा अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकिङमा ११९ प्रतिशतले वृद्धि भएको छ ।