काठमाडौं। आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
बिहीबारको तुलनामा एक तोला सुनमा चार हजार दुई सय रुपैयाँले सस्तो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार दुई लाख ३९ हजार २०० मा कारोबार भएको मा आज एक तोला सुनको मोल आज चार हजार २०० रुपैयाँले घटेर दुई लाख ३५ हजार कायम भएको छ।
चाँदीको मूल्य भने बढेको छ। बिहीबार एक तोला चाँदी तीन हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार ८५ मा क्रयविक्रय भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३०५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।