नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त भएका छन् । उनलाई महिला सहकर्मी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बर्खास्त गरिएको हो।
उनी माथि राष्ट्र बैंक कै एक एक उच्च पदस्थ महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्दै परेको उजुरी परेको थियो।उक्त उजुरीलाई छानविन गर्दा दोषी देखिएको भन्दै राष्ट्र बैंकले आचार्यलाई बर्खास्त गरेको बुझिएको छ।
उनलाई राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम आचार्यलाई बर्खास्त गरिएको राष्ट्र बैंकले जनाएको छ ।