रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु


सोमबार साँझ ५:२० बजे बाग्लुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीमा यात्रुवाहक बस सडकदेखि १ सय ५० मिटर तल खसेको हो ।

सडकबाट खसेर बस खोंचमा परेको छ । बाग्मती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको उक्त बस आज बिहान साढे ११ बजे रुकुम पश्चिमबाट छुटेको थियो ।

घटनामा ज्यान गुमाउनेमा ५ पुरुष र ३ महिला रहेको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत भने भइसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।