काठमाडौं। नेपालमा आज सुन र चाँदीको मुल्य ले नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एक तोलामा १९ सय रुपैयाँले बढेको हो । यससँगै आजको दर सुन तोलामा दुई लाख १७ हजार एकसय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो सुनको मुल्य एक तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको एकतोलामा २० रुपैयाँले बढेको छ। यससँगै आज चाँदी एक तोलाको २५ सय ९५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
हिजोको दर चाँदीको प्रतितोला २५ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।