ईकोनोमिक खबर, काठमाडौ । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वको रुपमा आफ्ना विभिन्न शाखाहरु मार्फत विविध शिर्षकहरुमाथि सामाजिक कार्यहरु मार्फत सहयोग गर्दैआईरहेको छ।
सामाजिक उत्तरदायित्वको रुपमा बारा, पर्साको हावाहुरी, सामुदायिक स्कुलमा सहयोग कार्यक्रम, रत्तदान जस्ता सामाजिक कार्यक्रममा सहयोग गर्दैआएको छ। यस बैंककोे डडेल्धुरा शाखाले पनि मातातिर्थ औसी (आमाको मुख हेर्ने दिन) को अवसरमा डडेल्धुरा शाखाको प्रांङ्गणमा एक बृहत कार्यक्रम आयोजना गरेको छ।
उक्त समारोहमा बैंकले अमरगढी नगरपालिकाको प्रत्येक वडाबाट एक÷एक जना जेष्ठनागरिक आमा छनौट गरी ११ जना जेष्ठआमाहरुलाई सम्मान स्वरुप कपडा, फलफुल तथा मिठाई सामाग्री वितरण गरेको हो।
त्यस्तैगरी कार्यक्रममा बैंकले भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत २ जना अनाथ विद्यार्थीहरुलाई २५ हजारका दरले ५० हजार बराबरको छात्रवृति प्रदान गरेका छन्।
बैंकको शाखाले यसका अलावा “हामी सबैको पहल, सफा तथा स्वच्छ शहर” भन्ने मूल नाराकासाथ आफ्ना कर्मचारी लगायत स्थानीय बासिन्दाहरुको सहकार्यमा तुफानडाँडादेखि बागबजारसम्म सरसफाई कार्य समेत गरेका थिए।
वित्तिय क्षेत्रमा उत्कृष्ट बैंकको रुपमा छाप छोड्न सफल महालक्ष्मी विकास बैंकले यसैगरी आगामी दिनहरुमा समाजमा न्यूनआय भएका र बैंकिंग सेवाबाट बञ्चित भएका अनाथ, असहाय, अशक्त, बृद्धबृद्धा तथा ब्यसाहाराका लागि सहयोग गर्नुका साथै साथीको भूमिका निर्वाह गर्दैजाने प्रतिवद्धता जनाए। आगामी दिनमा यस्तै मानविय सामाजिक कार्यलाई अझ शसत्तरुपमा अघि बढाउदै जाने प्रतिबद्धता जनाएका छन्।