काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चार वटा म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ।
नगद लाभांश वितरणपछि मूल्य समायोजन गरिएको हो।
नेप्सेले,
- कुमारी धनवृद्धि योजनाको १०.५० प्रतिशत,
- कुमारी इक्विटी फण्डको ११.५० प्रतिशत,
- आरबिबि म्युचुअल फण्ड १ को २० प्रतिशत, र
- आरबिबि म्युचुअल फण्ड २ को १३ प्रतिशत नगद लाभांशको
आधारमा मूल्य समायोजन गरेको हो।
मूल्य समायोजनपछि कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ९.०५ रुपैयाँ, कुमारी इक्विटी फण्डको ८.९१ रुपैयाँ, आरबिबि म्युचुअल फण्ड १ को ९.३१ रुपैयाँ, र आरबिबि म्युचुअल फण्ड २ इकाई मूल्य ८.९४ रुपैयाँ कायम भएको छ।
नेप्सेले हिजोको कारोबार समयपछि कायम अन्तिम मूल्यलाई आधार मानेर मूल्य समायोजन गरेको हो।
हिजो कुमारी धनवृद्धि योजनाको अन्तिम मूल्य १०.१० रुपैयाँ, कुमारी इक्विटी फण्डको १०.०६ रुपैयाँ, आरबिबि म्युचुअल फण्ड १ को ११.३१ रुपैयाँ र आरबिबि म्युचुअल फण्ड २ को १०.२४ रुपैयाँ थियो।
आजदेखि यी म्युचुअल फण्डहरूको कारोबार समायोजित मूल्यबाट सुरु हुनेछ।