विश्व मृगौला दिवसको अवसरमा मृगौला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको पहुंच


काठमाडौं । पछिल्लो समय नेपालमा जनसंख्याकाे १० प्रतिशत करीव ३० लाख मानिसमा कुनै न कुनै रूपमा मृगौलाको समस्या रहेको अध्ययनले देखाएको छ।  विभिन्न मृगौलाका दिर्ग राेगिहरु ३ लाख रहेको छ, बर्सेनि  हजार नयाँ बिरामीहरु डायलासिसका लागि थपिने गरेका छन्।WhatsApp Image 2024-03-12 at 4.04.44 PM1710260671.jpeg

दुवै मृगौला खराब भइसकेपछि गरिने डायलासिस पनि जिन्दगीभर गनुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मृगौला प्रत्यारोपणलाई मानिन्छ। तर प्रायारोपण गर्न बिरामीको घर जमिन विक्री त हुन्छ नै तर समयमै प्रत्यारोपण गर्न अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था रहन्छ ।

यही समस्यालाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालमा २०७९ माघबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ। हालसम्म अस्पतालमा २३ जना बिरामीको मृगौला प्रत्यारोपण गरिसकेको छ। अस्पतालमा १७ वर्षको युवा देखि ६५ वर्षका बृद्धको सफल रुपमा प्रत्यारोपण गरिएको छ।

बुटवल, पोखरा, काठमाडौ, रामेछाप, इलाम, दाङ्ग अर्घाखांची, हेटौडा लगायतका मुख्य शहरी क्षेत्रहरुबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेका छन्।

प्रत्यारोपण भइसकेका बिरामीहरुमा आफ्नै आमाले छोरालाई, श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई, भिनाजुने सालीलाई, सासुले ज्वाईलाई र सानोबुबाले छोरीलाई मृगौला दिएका छन्। मृगौला दान गर्नेहरुमा स्वस्थ ब्यक्ति १८ वर्षको देखि ६५ वर्ष सम्मका दाताहरु रहेका छन् ।

त्यस्तै, मृगौला दान गर्नेमा महिला बढि रहेका छन्। दान गर्नेमा १६ जना महिला र ७ जना पुरुष रहेका छन् भने मृगौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन्।

अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाँश विरामीहरुको मृगौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मृगौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताए।

२३ जनामा अधिकांश उच्च रक्तचाप र मधुमेहकै कारण मृगौला बिग्रेर उपचारका लागि आएका थिए। अर्को कारणमा ग्लोमेरुलो नेफाइटीस, शरीरमा प्रोटिनको मात्रा बढि भएर लिकेज हुन थालेपछि मृगौला बिग्रेर जान्छ, डा. पौडेलले भने।

यति मात्र नभई प्रत्यारोपणका लागि बिदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको संख्या पनि बढेको छ। विशेषगरी खाडी मुलकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ। ५ जना मृगौला प्रत्यारोपण भएका व्यक्तिहरु कतार, दुबईबाट फर्केर उपचारका लागि आएका छन् ।

निकै गर्मिमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मृगौलाको समस्या बढि देखिएको डा. पौडेलले बताए।

प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ। विभिन्न उपचार खर्च जोड्दा बिरामीको कूल खर्च ७ देखि ८ लाख लाग्दछ। तर अन्य  अस्पतालमा लामो समयसम्म कुनुपर्ने अवस्था रहिआएको छ।

नेपाल मडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मृगौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेले बताउनुभयाे।

“यहाँ ल्याप्रोस्कोपी विधिवाट उपचार गरिन्छ, जसका कारण मृगौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाडै निको भएर घर जान पाउँछन्, डा. काफ्लेले भन्न ुभयो।WhatsApp Image 2024-03-12 at 4.04.54 PM1710260788.jpeg

मृगौला दाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन् ।

मृगौला प्रत्यारोपण गर्नु अगाडी धेरै थरीका टेस्ट गर्नुपर्ने हुन्छ। एउटै परिवारमा पनि मृगौला दिन नमिल्ने हुनसक्छ । त्यसैले अस्पतालमा पिएर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको छ। हालसम्म १५० भन्दा बढि विरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएका मध्ये मात्र २३ जनाको सफल प्रत्यारोपण गरिएको हो भने ९ जना प्रत्यारोपणका लागि कुरिरहेका छन् ।

उपचारका लागि अस्पतालमा भास्कलर सर्जन, युरोलोजी, नेफ्रोलोजी, एनेस्थेसिया, ट्रान्सप्लान्स सर्जनको समूह मिलेर काउन्सिलिङ देखि अप्रेसन गर्ने गरिएको छ।

विश्व मृगौला दिवसको अवसरमा मृगौला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको सम्मान पहुंच रहेकोमा यस अस्पतालबाट पनि सकेसम्म धेरै भन्दा धेरै मृगौला रोगीहरुको पहिचान गर्न सर्वसुलभ तथा साधारण नागरिकको पनि पहुंचमा पुग्नेगरी उपचार विधिहरु अपनाएको छ ।

WhatsApp Image 2024-03-12 at 4.04.44 PM (1)1710260730.jpeg