पुष्प व्यवसायको बिकास, बिस्तार तथा प्रबर्द्धनको लागि फ्लोरिकल्चर एशोसिएसन नेपालले हरेक बर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आईरहेको छ।
यसै सन्दर्भमा हामी आज २५ औं फ्लोरा एक्स्पोको आयोजनाबारे जानकारी गराउने उदेश्यले फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प बिकास केन्द्रको सह-आयोजनामा यहि २०८० चैत्र १ देखि ४ गतेसम्म ४ दिने २५ औं फ्लोरा एक्स्पो भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा आयोजना गर्न लागेको छ। यस मेलाको नारा “स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय” भन्ने रहेको छ।
यस एक्स्पोको समुद्घाटन २०८० चैत १ गते बिहिबार बिहान ११ बजे भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा माननिय कृषि तथा पशुपन्छी बिकास मन्त्री ज्यूबाट हुने कार्यक्रम तय गरिएको जानकारी गराए ।
यस २५ औं फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहने छन् ।
बिगत बर्षमा झै यस बर्ष पनि मेलामा सहभागी भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको बिभिन्न बिधाहरुमा (उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ्ग, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराईने र सोको मुल्याङ्कन सम्बन्धित क्षेत्रका विज्ञ प्राविधिकद्वारा हुने छ ।
यसरी प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुने पुष्प व्यवसायीलाई मेला समुदघाटन समारोहको अवसरमा नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ। साथै सदा झै यस बर्ष पनि बिगत लामो समय देखि निरन्तर रुपमा पुष्प व्यवसाय गरिरहेको नर्सरी व्यवसायीहरु मध्ये एक जनालाई छनौट गरि मेला समुदघाटन कै अवसरमा उक्त नर्सरी लाई कदर-पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।
यस पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा बिभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ । पुष्प मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिचाई प्रबिधी, आधुनिक पुष्प खेती प्रबिधी, जैबिक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।
यस मेला, पुष्प उद्यमी/व्यवसायी/कम्पनीहरुको लागि आफुले उत्पादन गरेको पुष्प तथा पुष्पजन्य बस्तुको राष्ट्रिय स्तरमा प्रचार-प्रसार गरी बजार बिस्तार गर्न, आफ्नो उत्पादन बिक्री वितरण गर्न, पुष्प व्यवसायी तथा पुष्प उपभोक्ताहरु बीच प्रत्यक्ष सम्पर्क तथा समन्वय गर्न, बिश्व बजारमा बिकास भएका पुष्पको नयाँ नयाँ उत्पादनहरुलाई सार्वजनिक गर्न र ग्राहक उपभोक्ताहरुसंग आपसी सम्बन्ध स्थापना गर्न अभुतपुर्व अवसर हुनेछ। पुष्पको क्षेत्रमा बिकास भएको तथा प्रयोगमा आएको नबिनतम प्रबिधीबारे प्रचार प्रसार गर्न सघाउ पुग्नेछ। पुष्प व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्ने महानुभावहरु सबैका लागि यस मेला बृहत् साझा मञ्च हुने हामीले विश्वास लिएका छौं । यसका साथ साथै घर आँगन बगैचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान शिप हासिल गर्न चाहने व्यक्ति, संघ संस्थाहरुलाई यस २५ औं फ्लोरा एक्स्पोले महत्वपूर्ण योगदान पुऱ्याउने छ।
यस बर्ष आयोजना हुने २५ औं फ्लोरा एक्स्पो अबधि भित्र ५० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुनेछ। तथा करिब एक करोड सम्मको व्यवसाय २५ औं फ्लाेरा
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प बिकास केन्द्रको सह-आयोजनामा यहि २०८० चैत्र १ देखि ४ गतेसम्म ४ दिने २५ औं फ्लोरा एक्स्पो भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा आयोजना गर्न लागेको जानकारी गराउदछौ । यस मेलाको नारा “स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय” भन्ने रहेको छ।
यस एक्स्पोको समुद्घाटन २०८० चैत १ गते बिहिबार बिहान ११ बजे भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा माननिय कृषि तथा पशुपन्छी बिकास मन्त्री ज्यूबाट हुने कार्यक्रम तय गरिएको जानकारी गराउदछौं ।
यस २५ औं फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहने छन् ।
बिगत बर्षमा झै यस बर्ष पनि मेलामा सहभागी भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको बिभिन्न बिधाहरुमा (उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ्ग, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराईने छ र सोको मुल्याङ्कन सम्बन्धित क्षेत्रका विज्ञ प्राविधिकद्वारा हुने छ । यसरी प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुने पुष्प व्यवसायीलाई मेला समुदघाटन समारोहको अवसरमा नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ। साथै सदा झै यस बर्ष पनि बिगत लामो समय देखि निरन्तर रुपमा पुष्प व्यवसाय गरिरहेको नर्सरी व्यवसायीहरु मध्ये एक जनालाई छनौट गरि मेला समुदघाटन कै अवसरमा उक्त नर्सरी लाई कदर-पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।
यस पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा बिभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ । पुष्प मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिचाई प्रबिधी, आधुनिक पुष्प खेती प्रबिधी, जैबिक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।
यस मेला, पुष्प उद्यमी/व्यवसायी/कम्पनीहरुको लागि आफुले उत्पादन गरेको पुष्प तथा पुष्पजन्य बस्तुको राष्ट्रिय स्तरमा प्रचार-प्रसार गरी बजार बिस्तार गर्न, आफ्नो उत्पादन बिक्री वितरण गर्न, पुष्प व्यवसायी तथा पुष्प उपभोक्ताहरु बीच प्रत्यक्ष सम्पर्क तथा समन्वय गर्न, बिश्व बजारमा बिकास भएका पुष्पको नयाँ नयाँ उत्पादनहरुलाई सार्वजनिक गर्न र ग्राहक उपभोक्ताहरुसंग आपसी सम्बन्ध स्थापना गर्न अभुतपुर्व अवसर हुनेछ। पुष्पको क्षेत्रमा बिकास भएको तथा प्रयोगमा आएको नबिनतम प्रबिधीबारे प्रचार प्रसार गर्न सघाउ पुग्नेछ। पुष्प व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्ने महानुभावहरु सबैका लागि यस मेला बृहत् साझा मञ्च हुने हामीले विश्वास लिएका छौं । यसका साथ साथै घर आँगन बगैचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान शिप हासिल गर्न चाहने व्यक्ति, संघ संस्थाहरुलाई यस २५ औं फ्लोरा एक्स्पोले महत्वपूर्ण योगदान पुऱ्याउने छ भन्ने अपेक्षा लिएका छौं ।
यस बर्ष आयोजना हुने २५ औं फ्लोरा एक्स्पो अबधि भित्र ५० हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा करिब एक करोड सम्मको व्यवसायीक कारोबार हुने अपेक्षा यस संस्थाले लिएको छ।