स्प्यारो एसएमएस, एक आधिकारिक SMS सेवा प्रदायकले, अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा महिला उद्यमशीलता अभियान घोषणा गरेको छ।
यस पहलद्वारा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुट साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गर्नेछ।
यस अभियान अन्तर्गत, महिला उद्यमीहरूले Sparrow SMSद्वारा प्रदान गरिएको सेवाहरूमा ८०% सम्मको छुट बाट लाभ उठाउन सक्छन्, साथै SMS मार्केटिङबारे पनि नि:शुल्क परामर्श लिन सक्नेछन्।
बल्क एसएमएस मार्केटिङ साना तथा मध्यम वर्गिय उद्यम र उद्यमीहरूका लागि एकअत्यन्त आवश्यक उपकरण साबित भएको छ साथै लक्षित ग्राहकहरूलाई संदेश पठाउनमा र आफ्नो व्यावसाय बढाउन सहयोग गर्दछ।
स्प्यारो एसएमएसले यसअभियान मार्फत महिला उद्यमिलाई यो प्रविधिको सहज्, सरल र किफाएती पहुँच प्रदान गर्ने योजना बनाएकोछ, जसले उहाँहरूको व्यापारलाई थप सशक्त र व्यापार प्रवर्द्धन गर्न मद्दत पुर्याउने बिश्वास कम्पनीले लिएकोछ।
स्प्यारो एसएमएसले सबै महिला उद्यमीहरूलाई यस विशेष अवसरको सदुपयोग गर्न र व्यावसायिक सफलताका लागि एसएमएस मार्केटिङ प्रयोग गर्नका लागि प्रेरित गर्दछ।