ईकोनोमिक खबर, काठमाण्डौं। चिया उत्पादक किसान, स्टेट, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता, चिया उपभोक्ता र चियालाई माया गर्ने सबै नेपालीहरूको राष्ट्रिय पर्वको रूपमा रहेको राष्ट्रिय चिया दिवसको २७ औँ संस्करण यही बैशाख १५ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ ।
चियासँग सरोकार राख्ने सबैले आ आफ्नो स्थानमा हर्सोल्लासका साथ मनाउने चिया दिवसको सन्दर्भमा अघिल्लो दिन काठमाण्डौमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसंगको सहकार्यमा विभिन्न राष्ट्रहरुबाट सहभागी हुनु हुने चियाका क्रेता र विक्रेताहरु लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थितिमा 4th International Tea Festivalको आयोजना गरिएको छ। सो कार्यक्रमको अवसरमा नेपाली अर्थोडक्स चियामा लागू हुनेु ट्रेसाविलीटि प्रणालीु को शुरुवात संगै राष्ट्रिय युवा चिया उद्यमीहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।
यस वर्षको चिया दिवसको मूल समारोह भने विदेशी पाहुनाहरु, नेपाल सरकारका विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा चिया प्रर्दशनी, टि टेस्टीङग, चिया बगैंचा अबलोकन, नेपाल र विदेशी चिया ब्यापारीहरु वीच शिष्टाचारपूर्ण ब्यापारिक बैठक लगायत विविध कार्यक्रमको आयोजना गरि अर्थोडक्स चियाको राजधानी मानिने ईलामको फिक्कलमा बैशाख १५ र १६ गते आयोजना गरिने भएको छ ।
इलामका तत्कालिन बडाहाकिम गजराज सिंह थापाले वि।स। १९२० मा ईलाममा रोपण गरेपछि चिया खेती सुरुवात भएको मानिन्छ। नेपाली चियाको इतिहास लगभग १६० वर्ष पुरानो रहेको छ। तत्कालिन राजा विरेन्द्रले वि।सं। २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरुलाई चिया क्षेत्रको रूपमा घोषणा गरेपछि सरकारीस्तरबाट व्यवसायिक चिया खेतीको प्रबर्द्धन भएको पाइन्छ ।नेपालमा चिया तथा कफी क्षेत्रको योजनावद्ध विकास गर्ननेपाल सरकारले राष्ट्रिय चिया तथा कफी विकासबोर्ड ऐन, २०४९ अन्तर्गत छुट्टै बोर्डस्थापना गरे पश्चात साना किसानको स्तरमा चिया खेतीले व्यापकता पाएको देखिन्छ।
आ. व. २०७८।०७९ को तथ्याङ्क अनुसार नेपालमा २०,२१९ हेक्टरमा चिया रोपण भएको र त्यसबाट २६,३७९ मे.टन चिया उत्पादन भएको छ।आज १५ हजार भन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिकहरु चियाको बिभिन्न मूल्य श्रृंखलामा संलग्न रहेका छन् । नेपालले अधिकांश उपभोग्य वस्तुहरू आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफै उत्पादन गरि भारत लगायत अन्य तेश्रो मुलुकहरूमा समेत नेपाली चिया निर्यात भइरहेको छ । गत आ.व.२०७७ र ०७८मा ३ अर्व ७९ करोड ७१ लाख मूल्य वरावरको ११,९२० मेट्रिक टन चिया निर्यात भएकोमा आ.व. २०७८र७९मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको १२,४९४ मे.टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्ले देखाएको छ ।आ.व.२०७७र०७८ मा नेपालमा चियाको आन्तरिक खपत ११,८२५ मे. टन रहेकोमाआ. व. २०७८र०७९ मा बढेर १३,८८५ मे. टन पुगेको छ, जसले गर्दा अघिल्ला वर्षहरुमा भन्दा चियाको आयात पनि ४० प्रतिशत भन्दा बढीले घटेको छ ।
विदेशी मुद्रा आर्जन र ग्रामिण अर्थतन्त्रको मूख्य आधार रहेको चिया उद्योगका अगाडि गुणस्तरीय उत्पादन, अन्तर्राष्ट्रिय बजार, व्यवसायीक तथा दिगो खेति प्रविधि, अनुसन्धान एवम विकासका थुप्रै चुनौती विद्यमान छन। नेपाली चियाको ९०५ भन्दा बढी निकासी भारतसंग रहेकोमा प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधा र ब्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चिया कमसल रहेको तथा मिसावटयुक्त रहेको जस्ता आरोपहरु खेप्नु परेकोले नेपाली चिया गुणस्तरमा अब्बल हुँदाहुँदै पनि अतिनै न्यून मुल्यमा बिक्रि गर्नुपर्ने बाध्यताका कारण नेपाली चिया क्षेत्र क्षमता अनुसार नाफामूलक बन्न सकिरहेको छैन । उत्पादन सुरु भएको डेढ सय वर्ष नाघिसक्दा पनि नेपालमा चियाको उत्पादन तथा प्रशोधन प्रविधि सम्बन्धी विषयमा आवश्यक अनुसन्धानात्मक कार्यहरू नहुँदा नेपालको आफ्नै चियाको जात एवं प्रविधि विकास हुन सकिरहेको छैन, त्यस्तै चिया क्षेत्रहरुमा आवश्यक विजुली तथा सिंचाई पूर्वाधारको अभाव, भन्सार नाकाहरुमा निर्यात प्रवर्द्धनका लागि आवश्यक द्रुत गतिमा नतिजा दिनसक्ने अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रयोगशाला नहुनु,अतिनै न्यून विनियोजित श्रोत र साधन लगायत अन्य कृषिजन्य उद्योग सरह सहुलियत ऋण लगायतका सुबिधाहरूबाट नेपाली चिया क्षेत्र वञ्चित हुनुपरेकोछ ।
बढ्दो व्यापार घाटा कम गर्न चियाको गुणस्तरीय उत्पादनमा वृद्धि गरि निर्यात गर्नुको विकल्प छैन, नेपालका छिमेकी मुलुकहरु भारत, श्रीलंका लगायतका राष्ट्रहरुले चियामा भ्यालु एड गरि प्रतिष्पर्धी बजारमा आफ्नो स्थान सुरक्षित गरिरहेका छन् र नेपालले पनि आम उपभोक्ताको माग अनुसार संख्यात्मक उत्पादनमा मात्रै नभएर तयारी चियाको विशिष्टकृत गुणस्तरमा ध्यान दिन अति जरुरि देखिन्छ। नेपालमै पनि चियाको आन्तरिक खपत अन्य छिमेकी मूलुकहरुको तुलनामा अतिनै न्यून रहेकाले आन्तरिक बजार प्रवर्द्धन गरि खुल्ला बजार नीति अनुरुप दीर्घकालीन समस्या समाधानको लागि चीन, रुस, अमेरिका, ईयुका राष्ट्रहरुसँग सम्झौता गरि त्यहाँ रहेका नेपाली कुटनीतिक नियोगहरू मार्फत नेपाली चियाको ब्राण्ड प्रवर्द्धन गर्नुपर्दछ जसले गर्दा वार्षिक करिब रू ४ अर्ब मूल्य बराबरको चिया निर्यात हुँदै आएकोमा अहिलेकै उत्पादन परिमाण कायम रहँदा पनि त्यसलाई बढाएर १० देखि १२ अर्बको निर्यात मूल्य बनाउन सकिने संभावना नेपाली चियाले बोकेको छ । यस वर्ष मात्रै चीनमा संम्पन्न भएको "2nd World Black Tea Quality Evaluation Competition" सहभागी १६ वटा नेपाली चियाका नमूनाहरु मध्ये ६ वटा गोल्ड र ४ वटा सिल्भर अवार्ड जित्न सफल भएको छ । नेपाली चिया क्षेत्रमा क्रियाशील हामी सम्पूर्णका लागि यो एउटाऐतिहासिक र गौरवको विषय हो । यसरी विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरु चीन, भारत, केन्या, श्रीलंका जस्ता राष्ट्रहरुसंग प्रतिस्पर्धा गर्दैयो प्रकारको अवार्ड प्राप्त गर्नु भनेको भविष्यमा चियाको अन्तर्राष्ट्रिय बजारप्रवर्द्धन तथा निर्यातमा टेवा मिल्नु रविश्व वजारमा नेपाली चियाको गुणस्तर सर्वोकृष्ट रहेको प्रमाणित हुनु हो ।
डा.विष्णु प्रसाद भट्टराईले बताउनु भयो नेपाली चिया क्षेत्र आर्थिक समृद्धिको आधारस्तम्भ हो । चियाको गुणस्तरीय उत्पादन वृद्धि र दीर्घकालीन बजारको समस्या समाधानको लागि मूख्य रणनीतिक योजनाका साथ बोर्डले आफ्नो वार्षिक कार्यक्रममा मात्रै नभएर केहि परियोजनाहरु संग मिलेर कार्य गर्दै आइरहेको छ। पूर्वी क्षेत्रका केहि जिल्लाहरुमा सिमित रहेको चिया क्षेत्रलाई संभावित पश्चिमी जिल्लाहरुमा पनि व्यवसायिक खेतीविस्तार, प्रविधि प्रसार संगै उद्योग स्थापनामा समेत सहयोग गर्दै आएको छ ।
त्यस्तै नेपाली चियाको आफ्नै क्लोन विकास गर्न अनुसन्धानरत निकाय नार्क संग सम्झौता गरि प्रारम्भिक छनौटको कार्य अगाडी बढाएको छ। उत्पादित अर्थोडक्स चियाको बजार प्रवद्र्र्धनका लागि आफ्नै ट्रेडमार्क कार्यान्वयनमा ल्याई हालसम्म २९ वटा उधोगहरुले ट्रेडमार्क प्राप्त गर्न सफल भएका छन् भने धेरै उधोगहरु मापदण्ड पुरा गर्ने चरणमा रहेका छन । विशेषत झापा जिल्लामा उत्पादन भइरहेको सिटिसी चियाको गुणस्तरमा एकरुपमा कायम गर्न मापदण्ड निर्माणको कार्य अगाडि बढेको छ । बोर्डले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा NISTEP परियोजना मार्फत स्थापित चिया बगानको व्यवस्थापन देखि ट्रेसाविलीटि प्रणाली मार्फत बजारीकरण सम्मको गुणस्तरमा पारदर्शिता कायम गरि विश्वबजारको माग अनुरुप अर्गानिक प्रमाणिकरणमा उत्पादक तथा उद्योगीहरुलाई सहयोग गरिरहेको छ ।
नेपाली चिया क्षेत्रको समग्र विकास र प्रवर्द्धनमा अत्यन्तन्यून सिमित श्रोत र साधन र विविध समस्याका बाबजुत पनि यो अवस्थामा ल्याई पुर्याउन निजि क्षेत्रको अतुलनीय योगदान रहेको छ। चिया क्षेत्रको समग्र नेतृत्व गरिरहेको बोर्डलाई श्रोत साधन सम्पन्न बनाई चिया क्षेत्रमा राज्यबाट प्राथमिकताका साथ लगानी वृद्धि गरि सहज वित्तीय र नीतिगत व्यवस्था मिलाउन सकेमा नेपाली चियाले फड्को मार्न सक्ने देखिन्छ। आगामी दिनमा बोर्डले चियाको आन्तरिक र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि रणनीतिक रूपमा अघि बढ्ने कुरा २७ औँ राष्ट्रिय चिया दिवसको अवसरमा बोर्डका कार्यकारी निर्देशक डा.विष्णु प्रसाद भट्टराईले भन्नुभयो।