लिभिङ वर्ड र नेपाललयलाई इसान कप, विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले पुरस्कृत गरे


लिभिङ वर्ड र नेपालय पब्लिकले ११ औं इसान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । लिभिङ वर्ड ब्वाइज तथा नेपालय गल्र्समा च्याम्पियन भए ।
अत्तरखेलस्थित नेपालय पब्लिक स्कुलमा भएको ब्वाइजको फाइनलमा लिभिङ वर्डले होली एन्जल्सलाई १–० गोलले पराजित ग-यो ।

झुमिक लोमीले निर्णायक गोल गरे । माउन्ट एभरेष्टले नेपालयलाई १–० गोलले हराउदै तेश्रो भयो।
संस्थागत विद्यालय संघ नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको गल्र्सको फाइनलमा नेपालयले सुनौलो भविष्यमाथि ५–० को सहज जित दर्ता ग-यो ।

विनु मगरले ह्याट्रिक गरिन् भने मनीषा सुनुवारले २ गोल थपिन् । लिभिङ वर्डले अल्माइटी मोडललाई पाखा लगाउदै तेश्रो भयो ।
ब्वाइजमा लिभिङ वर्डका सुनदर गुरुङ उत्कृष्ट खेलाडी, लिभिङ वर्डका ग्याट्सो गुरुङ सर्वाधिक गोलकर्ता (५ गोल), होली एन्जल्सका सन्देश थिङ उत्कृष्ट डिफेन्डर तथा लिभिङ वर्डका फिलिप लोमी उत्कृष्ट गोलरक्षक बने ।
गल्र्समा नेपालयकी मनीषा सुनुवार उत्कृष्ट खेलाडी, नेपालयकी शिखा शाह उत्कृष्ट डिफेन्डर, लिभिङ वर्डकी सलोनी राई उत्कृष्ट गोलरक्षक र नेपालयकी विनु मगर (७ गोल) सर्वाधिक गोलकर्ता भए।
विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले पुरस्कृत गरे ।

प्रतियोगिता संयोजक एवं नेपालयका निर्देशक बुद्ध श्रेष्ठ, इसानका पूर्व अध्यक्ष बालमुकुन्द कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।पाँचदिने नकआउट प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा १० टिमले सहभागिता जनाएको इसानका सह–कोषाध्यक्ष गुरुप्रसाद लुइटेलले जनाएका छन् ।