ईकोनोमिक खबर, काठमाडौं। नार्कले आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा हालै विकास गरिएका नवीनतम् कृषि प्रविधिहरू सार्वजनिक गरेको छ ।
नेपालमा कृषि क्षेत्रको समष्टिगत विकासका लागि उन्नत कृषि प्रविधिको खोज, अध्ययन तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै स्थापित नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले नवीनतम् कृषि प्रविधिहरू विकास गरिएको जनाएको छ । नेपालमा कृषिसम्बन्धी सम्पूर्ण कृषि अध्ययन तथा अनुसन्धान गर्नेगरी सरकारबाट जिम्मेवारी पाएको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले आफ्नो ३२ औँ वार्षिकोत्सव मनाउँदै छ । नार्कले हरेक वर्ष वैशाख २५ गते स्थापना दिवस मनाउने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ अनुरूप ३१ वर्षअघि नार्कको स्थापना भएको थियो । परिषद्को अध्यक्ष कृषि तथा पशुपक्षी विकासमन्त्री रहने व्यवस्था छ ।
कृषि अनुसन्धानलाई प्रभावकारी र परिमाणमुखी बनाउने उद्देश्यले स्थापित नार्कले आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा हालै बाली तथा बागवानी अनुसन्धान, यान्त्रिकीकरण, पशु तथा मत्स्य अनुसन्धान, आनुवांशिक स्रोत संरक्षण र अन्य नवीनतम् कृषि प्रविधिहरू विकास गरी सिफारिस गरिएको जनाएको हो ।
नार्कका अनुसार हालसम्म ८० भन्दा बढी बालीवस्तुका ७ सयबढी जातहरू विकास गरी कृषकको खेतबारीमा पुर्याइएको छ ।
आनुवंशिक स्रोत संरक्षणतर्फ नार्कले विभिन्न बालीहरूका १२ हजारभन्दा बढी स्थानीय जातहरू संकलन तथा संरक्षण गरेको छ । जसअन्तर्गत रैथाने पशुवस्तुका ५ प्रजातिका १० जातहरू संरक्षण तथा प्रवर्द्धन भइरहेको छ । साथै विभिन्न स्थानीय तथा उन्नत पशुवस्तुको वीर्य जिन बैंकमा सुरक्षित राखी उपयोग भइरहेको छ । कृषि आनुवंशिक स्रोतअन्तर्गतका ६ वटा सम्भागहरू ९बाली, घाँसे बाली, पशुपक्षी, जलीय कृषि आनुवंशिक, कृषि(कीरा, र कृषि शुक्ष्म जीवाणु० लाई संरक्षण तथा उपयोग गरिरहेको नार्कले जनाएको छ ।
यसैगरी नार्कले अन्य नवीनतम् कृषि प्रविधिहरूमा फरक(फरक भौगोलिक स्थान र माटोको गुणस्तरअनुसार धान, मकै र गहुँमा मलखादको मात्रा सिफारिस गरेको छ । डिजिटल सोइल म्यापलाई हालसम्म ७७ जिल्लाका ३० हजार ५ सय ४८ नमूना विश्लेषणमार्फत अद्यावधिक गरिएको छ । आफ्नो बारीको माटोको गुणस्तर आफ्नै घरबाट ईन्टरनेटको प्रयोग गरी आफैँ हेर्न सकिने प्रविधिको विकास गरिएको छ । यस्तै सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिनासम्म भण्डारण गर्न सकिने प्रविधि सिफारिस गरिएको छ । सुन्तलाको जरा कुहिने रोग व्यवस्थापनका लागी जैविकरअर्गानिक व्यवस्थापन प्रविधि विकास गरिएको छ । यस्तै नार्कले किसानहरूको प्राविधिक समस्याको समाधानका लागि हरेक हप्ता सोमबार दिउँसो २ देखि ४ बजेसम्म पैसा नलाग्ने फोन नं ११३५ मा फोन गरी विशेषज्ञ सेवा लिन सक्ने व्यवस्था गरेको जनाएको छ ।
नार्कका अनुसार हालसम्म ८० भन्दा बढी बालीवस्तुका ७ सयबढी जातहरू विकास गरी कृषकको खेतबारीमा पुर्याइएको छ ।
कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने गराउने, कृषि क्षेत्रका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाउने र राष्ट्रिय कृषि नीति तर्जुमाका लागि नेपाल सरकारलाई आवश्यक सहयोग पु(याउने उद्देश्यले नार्कले आफ्नो कार्य गर्दै आइरहेको छ ।
बाली तथा बागवानी अनुसन्धानतर्फः
धानः
नार्कले तराई, भित्रि मधेश र बेँशी ९७०० मी।० का लागि बढी उत्पादन दिने तथा रोग कीरा सहन सक्ने उपयुक्त वर्णशंकर जातहरूमा हर्दिनाथ हाइब्रीड धान(१ ९७।८ टनर हे।० र हर्दिनाथ हाइब्रीड धान( ३ ९६।५(७।० टनरहे।० सिफारिस गरेको छ । यी जातहरू लगाउने प्रविधि अनुसरण गरेमा ६०५ प्रतिशतसम्म उत्पादन बढी हुने बताइएको छ । प्रतिकूल मौसमका कारण हुने खडेरी र डुबान हुने क्षेत्रका लागि बहुगुनी धान १, बहुगुनी धान २ र सुक्खा धान ६ सिफारिस गरिएको छ भने धानको क्षेत्रफल विस्तार गरी उत्पादन बढाउन पाखोबारी तथा सिंचाइ सुविधा नपुगेका क्षेत्रका लागि उपयुक्त जातहरूमा घैया(३ ९उत्पादकत्व ३(५ टनरहे।० र हर्दिनाथ(४ ९उत्पादकत्व ४।५(५।० टनरहे।० सिफारिस गरेको छ ।
यस्तै नार्कले चैते धानका जातहरूमा हर्दिनाथ १, चैते ५, हर्दिनाथ ३ सिफारिस गरेको छ भने मसिनो धानको जातहरूमा हर्दिनाथ ६, चैते ५ र सम्वा मंसुली सब धान १ सिफारिस गरिएका छन् । मसिनो तथा सुगन्धित धानको जातमा सुगन्धित धान १, खुमल बासमती १६ र लल्का बासमती सिफारिस गरिएका छन् । यस्तै क्षेत्रगत आधारमा पनि नार्कले केही धानका जातहरू विकास गरेको छ । मध्य पहाडका लागि मसिनो धानको जातहरू खुमल ( १२, खुमल( १४ विकास गरिएका छन् । कर्णाली प्रदेशको उच्च पहाडमा खेती भइरहेको लोकप्रिय जात जुम्ली मार्सीलाई सुधार गरी मरुवा रोग सहन सक्ने विकसित जुम्ली मार्सी जात पहिचान गरिएको छ । डुबान सहन सक्ने गंगासागर १ र गंगासागर २ सिफारिस गरिएका छन् भने घैया धानको २ स्थानीय जातहरू विकास गरी कृषकहरूको खेतबारीमा आउने प्रकियामा रहेको नार्कले जनाएको छ ।
स्थानीय धानका जातहरूमा बर्दियाबाट सङ्कलन गरिएको घिउपुरी सिफारिस गरिएको छ । जो ३ टन प्रति हेक्टर उत्पादन दिन्छ । यस्तै तनहुँबाट सङ्कलन गरिएको डल्ले मसिनो ९३,५ टनर हे।० पनि सिफारिस गरिएको छ । नवलपुरबाट सङ्कलन गरिएको कनक जिरा र दाङबाट सङ्कलन गरिएको तिल्की सिफारिस गरिएका छन् । जसको उत्पादन क्रमशस् ३ टन प्रतिहेक्टर र २।५ टन प्रतिहेक्टर रहेको छ ।
मकै
मध्य पहाडमा ९८०० देखि १८०० मी० खेती भैरहेका मकैका जातहरूमा ध्वाँसे पात डढुवा रोगको प्रकोपको कारण ३०(८०५ उत्पादनमा क्षति पुर्याउन सक्ने भएकोले यस रोगलाई सहन सक्ने नयाँ जात मनकामना(९ ९उत्पादनः ५।४ टन प्रति हेक्टर० सिफारिस गरिएको छ । तराइ तथा बेशीहरूमा गृष्म समयमा मकै उत्पादन गर्दा परागकण सुक्ने तथा फल नलाग्ने समस्याको समाधान गर्न गर्मी सहन सक्ने जातहरू रामपुर हाइब्रिड ८ ९ उत्पादकत्व ९।१८ टनर हे।०, रामपुर हाइब्रिड १० ९उत्पादकत्व ८।७९ टनरहे।० सिफारिस गरिएका छन । यस्तै आयात प्रतिस्थापन ९पशुको दाना र खाद्यान्न० को लागि तराई र भित्रि मधेशमा उपयुक्त, बढी उत्पादन दिने, १२० दिनमा पाक्ने मकैको वर्णशंकर जातहरू रामपुर हाइब्रिड १२, रामपुर हाइब्रिड १४ र रामपुर हाइब्रिड १६ सिफारिस गरिएका छन् ।
गहुँ
शारीरिक विकासका लागि आवश्यक सूक्ष्म खाद्यतत्त्व जिङ्क र फलामयुक्त गहुँका जातहरू हिमगंगा, भेरीगंगा, खुमल शक्ति, जिङ्क गहुँ(१, जिङ्क गहुँ(२ नार्कले सिफारिस गरिसकेको छ । यस्तै सुजीका लागि खजुरा ड्युरम १ र खजुरा ड्युरम २, सुक्खा र तातो तापक्रम सहन सक्ने बोर्लग २०२० सिफारिस गरिएको छ भने तराईका लागि गहुँको खैरो सिन्दुरे रोग नलाग्ने दुई जातहरू तथा पहाडका लागि पहेंलो सिन्दुरे रोग नलाग्ने दुई जातहरुको सिफारिस गरिने प्रक्रियामा रहेको नार्कले जनाएको छ ।
तरकारी
नार्कले तरकारीअन्तर्गत गोलभेंडाका दुइवटा जातहरू खुमल गोलभेंडा हाईब्रिड( २ र खुमल गोलभेंडा हाईब्रिड(३ सिफारिस गरेको छ । यस्तै काक्रोको हाइब्रिड जातहरूमा मधु १ र कृष्ण १ सिफारिस गरेको छ भने रायोको मनकामना रायो, सखरखण्डको सुन्तले सखरखण्ड( १ र सुन्तले सखरखण्ड(२ सिफारिस गरिएको छ । यसैगरी मध्य तराई क्षेत्रका लागि भन्टाको जातमा परवानीपुर सेलेक्सन १ सिफारिस गरिएको छ । सिमीको जात चौमासे सिमी १ सिफारिस गरिएको छ । काक्रोको २ जातहरूमा धनकुटा र हरियो तथा अकबरे खुर्सानीको २ जातहरूमा अकबरे खुर्सानी सिफारिसको प्रक्रियामा छन् । मालेपाटन हिउँदे सिमी १ र मालेपाटन हिउँदे सिमी २ सिफारिस गरिएका छन् । चिप्स बनाउन सकिने आलुका २ जातहरूमा खुमल उत्तम र खुमल बहुगुनी सिफारिसको प्रक्रियामा छन् । उच्च पहाडका लागि उपयुक्त लसुनको २ जातहरूमा भोटे लसुन र राजीकोट लसुन सिफारिसको प्रक्रियामा छन् । तराईमा खेती गर्न सकिने रायोको जात बेलाचापी रायो र भन्टाको जात पोखरा लुर्की पनि सिफारिसको प्रक्रियामा छन् । यस्तै प्याजको काठमाडौँ उपत्यका र मध्य पहाडमा खेती गर्न सकिने १ जात “खुमल प्याज २” सिफारिसको प्रक्रियामा छ ।
फलफूल
फलफूलमा केराको ३ वटा जातहरू ९जी(९, विलियम हाईब्रिड र माल्भोग स्थानीय० लिचीका ६ वटा जातहरू ९मुजफ्फरपुर, रोजसेंटेड, कल्कतिया, अर्ली सिडलेस, लेट सिडलेस र साही०, आँपको ३ वटा जातहरू ९दशहरी, माल्दा र आम्रपाली० र किवीफलको ४ वटा जातहरू ९हेवार्ड, अलिसन, एबोट र ब्रुनो० सिफारिस गरिएका छन् । सुन्तलाको बासखार्क स्थानीय जात सिफारिस गरिएको छ । रोपेको २ देखि ३ वर्षमा फल लाग्न सुरु हुने, बोट होचो हुने, पुराना जातभन्दा कम दूरीमा रोप्न मिल्ने ९५ मी ह ५ मी०, हरेक वर्ष फल लाग्ने, चाँडै फलमा रङ्गको विकास हुने, रोगकीरा कम लाग्ने, बढी उत्पादन दिने, ढुवानीमा कम क्षति हुने स्पर टाइपको स्याउको ३ वटा जातहरू ९स्टार क्रिम्सन डेलिसियस, ब्राइट एंड अर्ली र स्टार्क स्पर गोल्ड० सिफारिसका क्रममा छन् । सुन्तलाको भदौ र असोजमा पाक्ने अगौटे जात ओकुत्सुवासे ९पारिपात्तले अगौटे( १० सिफारिस गरिएको छ ।
पुष्प बाली
पुष्प बालीतर्फ लुम्ले ग्ल्याडीओलस १, लुम्ले ग्ल्याडीओलस २ र लुम्ले ग्ल्याडीओलस ३ सिफारिसको प्रक्रियामा छन् ।
नार्कले पशु तथा मत्स्य अनुसन्धानतर्फ बोयर बाख्राको विकास तथा विस्तार गरेको छ । बोर बाख्रामा द्यबअप ऋचयककष्लन बाट चौथो पुस्तासम्म उत्पादन गरिएको छ । असला माछा उत्पादनका निम्ति आवश्यक ४५ प्रतिशत प्रोटिनयुक्त दाना बनाउन आधा(आधा पशुपंक्षीजन्य र वनस्पतिजन्य स्रोतको प्रयोग गर्दा आर्थिक दृष्टिले उपयुक्त हुने पाइएको छ । हुर्कँदो ट्राउट माछामा प्रोवायोटिक ३ प्रतिशतका दरले प्रयोग गर्दा बृद्धिदर र बाँच्नेदर दुबै उल्लेख्य रूपले सुधार भएको पाइएको छ । पंगास माछाको छालासहित वा छालारहित फिलेटको फ्रिजमा संरक्षण गरी भण्डारण गर्ने प्रविधि सिफारिस गरिएको नार्कले जनाएको छ ।
मुसुरोमा रसुवा कालो मुसुरो ९१८०० मिटर देखि २२०० मिटरको असिञ्चि पाखो जमिनका लागि०, श्रद्धा कालो मसुरो, खजुरा मसुरो ४ तथा खजुरा मसुरो ३ फलाम तथा जस्तायुक्त ९बायोफोर्टिफाइड० मसुरोका जातहरू सिफारिस गरिएका छन् भने बोडीमा चाहिँ गाजले बोडी सिफारिस गरिएको छ । स्थानीय भटमासमा संखुवासभाबाट सङ्कलन गरिएको नेपाले भटमास ९२।५ टनरहे० सिफारिस गरिएको छ । उखुमा जितपुर( ५, जितपुर(६, जितपुर( ७ ९रातो सडन र कालो पोके सहन सक्ने नारायणी पूर्वी तराई क्षेत्रका लागि० सिफारिस गरिएका छन् । तोरीमा नवलपुर तोरी ( ४ ९तराई, भित्रि मधेश र मध्य पहाडका ६०० मिटर उचाइसम्म ० र बदामको जातमा समृद्धि सिफारिस गरिएको छ । साथै नवलपुर बदाम( १ जातको सिफारिसको प्रक्रियामा रहेको छ । त्यसैगरी फापरमा तिते फापर ( १, तिते फापर २ ९६०० देखि ३५०० मिटरसम्मको उचाइका लागि० सिफारिस गरिएको छ । जौको जातमा चावाली सिफारिस गरिएको छ भने चिनोको एक जात सिफारिसको प्रक्रियामा छ ।
यान्त्रिकीकरणतर्फ
नार्कले हिल्याइएको जग्गामा ड्रम सिडर मेसिनबाट टुसाएको बीउ लाइनमा छरेर धान लगाउन सक्ने प्रविधिको सफल परीक्षण भएको जनाएको छ । यसबाट उत्पादनमा ५(१०५ वृद्धि भई परम्परागत तरिकाले रोपेको भन्दा १०(१५ दिनअगावै धान पाक्नुको साथै प्रतिहेक्टर रु। २५ हजार बराबरको ज्यामीको खर्च कटौती हुने हुँदा ड्रम सिडर प्रविधि सिफारिस गरिएको छ । धान काट्ने मेशिन साइथ हार्वेस्टर र धान सुकाउने मेशिन बबल ड्रयेरको सफल परिक्षण गरिएको नार्कले जनाएको छ । साइकलबाट चल्ने मकै तथा तरकारीमा गोड्मेल गर्ने औजारको ९हलुका हाते औजार० र चिनो कुटक ९एचयकयmष्ििभत मभजगकपष्लन mबअजष्लभ० मेशिनको विकास भएको छ । तीनपाते सुन्तलाको मूलवृतको बीउ निकाल्ने मेशिनको विकास भएको छ ।
पशु तथा मत्स्य अनुसन्धानतर्फ
नार्कले पशु तथा मत्स्य अनुसन्धानतर्फ बोयर बाख्राको विकास तथा विस्तार गरेको छ । बोर बाख्रामा द्यबअप ऋचयककष्लन बाट चौथो पुस्तासम्म उत्पादन गरिएको छ । असला माछा उत्पादनका निम्ति आवश्यक ४५ प्रतिशत प्रोटिनयुक्त दाना बनाउन आधा(आधा पशुपंक्षीजन्य र वनस्पतिजन्य स्रोतको प्रयोग गर्दा आर्थिक दृष्टिले उपयुक्त हुने पाइएको छ । हुर्कँदो ट्राउट माछामा प्रोवायोटिक ३ प्रतिशतका दरले प्रयोग गर्दा बृद्धिदर र बाँच्नेदर दुबै उल्लेख्य रूपले सुधार भएको पाइएको छ । पंगास माछाको छालासहित वा छालारहित फिलेटको फ्रिजमा संरक्षण गरी भण्डारण गर्ने प्रविधि सिफारिस गरिएको नार्कले जनाएको छ ।
आनुवंशिक स्रोत संरक्षणतर्फ नार्कले विभिन्न बालीहरूका १२ हजारभन्दा बढी स्थानीय जातहरू संकलन तथा संरक्षण गरेको छ । जसअन्तर्गत रैथाने पशुवस्तुका ५ प्रजातिका १० जातहरू संरक्षण तथा प्रवर्द्धन भइरहेको छ । साथै विभिन्न स्थानीय तथा उन्नत पशुवस्तुको वीर्य जिन बैंकमा सुरक्षित राखी उपयोग भइरहेको छ । कृषि आनुवंशिक स्रोतअन्तर्गतका ६ वटा सम्भागहरू ९बाली, घाँसे बाली, पशुपक्षी, जलीय कृषि आनुवंशिक, कृषि(कीरा, र कृषि शुक्ष्म जीवाणु० लाई संरक्षण तथा उपयोग गरिरहेको नार्कले जनाएको छ ।
यसैगरी नार्कले अन्य नवीनतम् कृषि प्रविधिहरूमा फरक(फरक भौगोलिक स्थान र माटोको गुणस्तरअनुसार धान, मकै र गहुँमा मलखादको मात्रा सिफारिस गरेको छ । डिजिटल सोइल म्यापलाई हालसम्म ७७ जिल्लाका ३० हजार ५ सय ४८ नमूना विश्लेषणमार्फत अद्यावधिक गरिएको छ । आफ्नो बारीको माटोको गुणस्तर आफ्नै घरबाट ईन्टरनेटको प्रयोग गरी आफैँ हेर्न सकिने प्रविधिको विकास गरिएको छ । यस्तै सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिनासम्म भण्डारण गर्न सकिने प्रविधि सिफारिस गरिएको छ । सुन्तलाको जरा कुहिने रोग व्यवस्थापनका लागी जैविकरअर्गानिक व्यवस्थापन प्रविधि विकास गरिएको छ । यस्तै नार्कले किसानहरूको प्राविधिक समस्याको समाधानका लागि हरेक हप्ता सोमबार दिउँसो २ देखि ४ बजेसम्म पैसा नलाग्ने फोन नं ११३५ मा फोन गरी विशेषज्ञ सेवा लिन सक्ने व्यवस्था गरेको जनाएको छ ।
नार्कका अनुसार हालसम्म ८० भन्दा बढी बालीवस्तुका ७ सयबढी जातहरू विकास गरी कृषकको खेतबारीमा पुर्याइएको छ ।
नेपालमा कृषिसम्बन्धी सम्पूर्ण कृषि अध्ययन तथा अनुसन्धान गर्नेगरी सरकारबाट जिम्मेवारी पाएको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले आफ्नो ३२ औँ वार्षिकोत्सव मनाउँदै छ । नार्कले हरेक वर्ष वैशाख २५ गते स्थापना दिवस मनाउने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ अनुरूप ३१ वर्षअघि नार्कको स्थापना भएको थियो । परिषद्को अध्यक्ष कृषि तथा पशुपक्षी विकासमन्त्री रहने व्यवस्था छ ।