दिगो विकास लक्ष्यले कुनै पनि देशमा मातृ मृत्यु अनुपात विश्वव्यापी औसतको दोब्बरभन्दा बढी नहुने गरी प्रतिलाख जीवित जन्ममा ७० भन्दा कममा घटाउने लक्ष्य राखेको छ ।
विश्वव्यापी लक्ष्य अनुरूप नेपालले पनि सन् २००६ मा प्रतिलाख जीवित जन्ममा २८१ रहेको मातृ मृत्यु अनुपातलाई घटाएर सन् २०२२ सम्ममा ११६, २०२५ सम्ममा ९९ र २०३० सम्ममा ७० पुन्याउने प्रतिबद्धता जनाएको छ ।
यसै सन्दर्भमा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्ग कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरूको संयुक्त प्रयासमा मातृ मृत्यु अनुपातको अनुमान तथा गर्भवती, प्रसूति र सुत्केरी अवधिमा हुने मातृ मृत्युका कारणहरू पहिचान गर्नका लागि राष्ट्रिय जनगणनासँगै नेपालमा पहिलो पटक मातृ मृत्युसम्बन्धी अध्ययन सम्पन्न भएको छ । यस अध्ययनबाट प्राप्त तथ्य र प्रमाणहरूले राष्ट्रिय तथा प्रादेशिक तहमा तथ्यपरक नीति निर्माण गरी मातृ स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुयाउने अपेक्षा गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय तथ्याङ्ग कार्यालयविच भएको सम्झौता बमोजिम राष्ट्रिय जनगणना, २०७८ का गणकहरूले प्रत्येक घरमा गई विगत १२ महिनामा घरपरिवारमा भएका जीवित जन्म र प्रजनन उमेर समूहका महिलाको मृत्युको तथ्याङ्क सङ्कलन गरेका थिए ।
अध्ययनको पहिलो चरणमा जनगणनामा खटिएका गणकले १५ देखि ४९ वर्ष उमेर समूहका मृत्यु भएका महिलाको मृत्यु सूचना फाराम भरी सुपरिवेक्षकलाई बुझाएका थिए र उक्त मृत्युको सूचना तोकिएका तालिमप्राप्त स्थानीय स्वास्थ्यकर्मीलाई दिएका थिए । अध्ययनको दोस्रो चरणमा तालिमप्राप्त स्थानीय स्वास्थ्यकर्मीले प्रत्येक मृतक महिलाको घरपरिवारमा गई मृत्युको सूचना फाराममा रहेको जानकारीको पुनः प्रमाणीकरण र गर्भावस्थासँग सम्बन्धित मृत्युको पहिचान गरेका थिए । यसरी पहिचान गरिएको प्रत्येक गर्भावस्थासँग सम्बन्धित मृत्युको विस्तृत विवरण स्वास्थ्यकर्मीले भर्बल अटप्सी (मौखिक जाँचबुझ) फाराम मार्फत सङ्कलन गरेका थिए। भरिएका भर्बल अटप्सी फारामको आधारमा विषय विज्ञद्वारा मातृमृत्युको कारण पत्ता लगाइएको थियो । गर्भावस्थासँग सम्बन्धित मृत्यु र मातृ मृत्यु अनुपात अनुमानका लागि जनगणनाका क्रममा सङ्कलित जीवित जन्मको तथ्याङ्क राष्ट्रिय तथ्याङ कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई उपलब्ध गराएको थियो ।
यस अध्ययनले नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु १५१ रहेको देखाएको छ । लुम्बिनी र कर्णाली प्रदेशमा उच्च मातृ मृत्यु अनुपात (क्रमशः २०७ र १७२) र वाग्मतीमा न्यून मातृ मृत्यु अनुपात (९८) पाइएको छ । प्रजनन उमेर समूह (१५ देखि ४९ वर्ष)मा मृत्यु भएका कुल १२,९७६ महिलामध्ये ६५३ (पाँच प्रतिशत) महिलाको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको देखाएको छ ।
गर्भावस्थासँग सम्बन्धित ६५३ मृत्यु मध्ये ९५ प्रतिशत (६२२) मातृ मृत्यु रहेको छ । प्रजनन उमेरका महिलाको मृत्युमध्ये मातृ मृत्युको समग्र अनुपात ४.८ प्रतिशत रहेको छ । यस अध्ययनले देखाएको कुल ६२२ मातृ मृत्युमध्ये ११ मातृ मृत्युको पर्याप्त सूचना सङ्कलन नभएको हुनाले यस प्रतिवेदनमा ६११ मातृ मृत्युको कारण र अन्य विशेषताहरूको विश्लेषण गरिएको छ ।
मातृ मृत्यु भएका महिलाहरूमध्ये ३३ प्रतिशत महिलाको मृत्यु गर्भावस्थामा, ६ प्रतिशतको प्रसव अवस्थामा र ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा भएको पाइएको छ । मातृ मृत्यु भएका महिलाहरूमध्ये झण्डै आधा (४७ प्रतिशत) महिलाहरूको मृत्यु लुम्बिनी र मधेश प्रदेशमा भएको पाइएको छ । मातृ मृत्यु भएका महिलाहरूमध्ये १० प्रतिशत महिलाहरूको मृत्यु किशोरावस्था (१५ देखि १९ वर्ष) मा भएको छ । अधिकांश (५७ प्रतिशत) महिलाको मृत्यु स्वास्थ्य संस्थामा र २६ प्रतिशत महिलाको मृत्यु घरमा भएको पाइएको छ ।
प्रसूति र सुत्केरी अवस्थामा मृत्यु भएका कुल ४१२ मातृ मृत्युमध्ये ५३ प्रतिशत महिलाले सुरक्षित मातृत्व सेवा प्रोटोकल अनुसार चारपटक गर्भ जाँच गराएका र प्रवृति भएको ७ देखि मृत्यु भएको १७३ महिलाहरू मध्ये ४५ प्रतिशत महिला प्रोटोकलअनुसार तीन पटक सुत्केरी जाँच गराएको पाईएको छ । त्यस्तै, मातृ मृत्यु भएका ६११ महि ३७ जना (६ प्रतिशत) ले गर्भपतन गराएको वा गर्भ खेर गएको पाइएको छ ।
प्रसूति र गुरुवेरी अवधिमा मृत्यु भएका महिलामध्ये अधिकांश ( ७६ प्रतिशत) महिलाले स्वास्थ्य संस्थामा प्रसूती गराएका थिए । स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलाहरूमध्ये ६२ प्रतिशत महिलाले सरकारी स्वास्थ्य संस्थामा र ३८ प्रतिशत महिलाले गैरसरकारी स्वास्थ्य संस्थामा प्रसूति गराएका थिए ।
सुत्केरी अवस्थामा मृत्यु भएका महिलाहरूमध्ये २७ प्रतिशत महिलामा अत्यधिक रक्तस्राव, २३ प्रतिशत महिलामा रिंगटा लाग्ने र बेहोस वा अचेत हुने तथा १२ प्रतिशत महिलामा काम्ने समस्या भएको पाइयो । मृत्यु भएकामध्ये अधिकांश (८३ प्रतिशत) महिला वा परिवारले मृत्यु हुनुपूर्व स्वास्थ्य सेवा लिनका लागि कुनै न कुनै स्वास्थ्य संस्थामा उपचार दिन खोजेको पाइयो । उपचार लिन नखोज्नेहरूमध्ये झण्डै आधा (४८ प्रतिशत) ले यसलाई आवश्यक नटानेको पाइयो ।
मातृ मृत्युको प्रमुख कारणहरूमा गैरप्रसूर्तिजन्य जटिलता (अप्रत्यक्ष कारण) (३२ प्रतिशत), प्रसूतिकी बेलामा हुने उच्च रक्तग्राव (२६ प्रतिशत) र उच्च रक्तचापजन्य समस्या (१२ प्रतिशत) रहेको पाइएको छ । पाँच प्रतिशत मृत्यु गर्भपतनका कारणले भएको पाइयो । गर्भावस्थामा मृत्यु भएका महिलाहरूको मृत्युको प्रमुख कारणहरूमा गैरप्रसूतिजन्य जटिलता (४० प्रतिशत), प्रसूतिसँग असम्बन्धित कारण (१७ प्रतिशत) र रक्तचापको समस्या (१४ प्रतिशत) रहेको पाइयो । प्रसवको समयमा मृत्यु भएका महिलाहरूमध्ये तिन चौथाइ भन्दा बढी (७८ प्रतिशत) महिलाहरुको मृत्यु प्रसूति रक्तस्रावका कारण भएको पाइयो । सुत्केरी अवस्थामा मृत्यु भएका महिलाहरूमध्ये (३१ प्रतिशत) महिलाको मृत्युको कारण प्रसूति अवस्थाको रक्तसाव र यति नै (३१ प्रतिशत) महिलाको मृत्युको कारण गैरप्रसूति जटिलता रहेका पाइयो ।
गर्भावस्थासँग सम्बन्धित मृत्यु निम्त्याउने ूतीन ढिलाई लाई हेर्दा उपयुक्त स्वाथ्य सेवा खोज्नमा ढिलाई (५७ प्रतिशत), उपयुक्त स्वास्थ्य संख्या पुग्न ढिलाई (३३प्रतिशत) र उपयुक्त स्वास्थ सेवा प्राप्त गर्न दिलाइ (४० प्रतिशत) रहेको पाइयो । यी तीन ढिलाइ मध्ये अधिकांश मृतक महिला (७४ प्रतिशत) को मृत्युमा कम्तीमा एक प्रकारको ढिलाइ भएको थियो भने १७ प्रतिशत महिलाले तीनवटै ढिलाई भोगेका थिए ।
निष्कर्षमा, यस अध्ययनले नेपालमा अर्को पनि मातृ मृत्यु गर्भावस्थाको समयमा रक्तस्राव र उच्च रक्तचापजस्ता रोकथाम गर्न सकिने कारणले हुने देखाएको छ भने उल्लेख्य मृत्यु आत्महत्या जस्ता गैरप्रसूतिजन्य जटिलताले पनि भएको देखिन्छ । यसले स्वास्थ्य संस्थामा मातृ स्वास्थ्य सेवाको गुणस्तर र रेफरल संयन्त्रमा सुधार, आपतकालीन यातायात व्यवस्थापन र खतराका सङ्केतहरूको समयमै जांच गर्ने व्यवस्थालाई बलियो बनाउनु पर्ने देखिन्छ । यस अध्ययनले समुदायमा आधारित मातृ मृत्यु निगरानी र प्रतिकार्य प्रणालीलाई सुदृढ गर्नुपर्ने सन्देश दिनुका अतिरिक्त आगामी राष्ट्रिय जनगणनाहरूमा पनि मातृ मृत्युको अनुपात अनुमान गर्ने र मृत्युका कारणहरूको पहिचान गर्नुपर्ने आवश्यकतालाई औल्याएको छ ।