‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल दुई करोड पचहत्तर लाखको आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (सूस्तापूर्व)को बुलिङटार गाउँपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको आज प्रतिनिधिसभाका माननीय सांसद डा. शशांक कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी(सुस्ता पश्चिम)का प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी तथा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारले संयुक्त रुपमा उद्घाटन गर्नुभयो। उक्तकार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग श्री त्रिभुवन माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधा सँगै कक्षा कोठा, परीक्षा, प्रधानाध्यापक, कर्मचारी र प्रशासनका लागि कोठा, जीवविज्ञान, वनस्पति विज्ञान, भौतिक विज्ञान र रसायन विज्ञानका लागि आवश्यक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, छात्र र छात्राका लागि छुट्टै शौचालय सहितको विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो। भारत सरकार र नेपाल सरकार बीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो। यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, नवलपरासी (सूस्ता पश्चिम) मार्फत गरिएको थियो।
कार्यक्रममा बोल्दै माननीय सांसद, जिल्ला समन्वय समिति, नवलपरासीका प्रमुख, बुलिङटार गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमाभारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो।
त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदानगर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै शिक्षाको विकासमापनि योगदान पु-याउनेछ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटा भन्दा बढी उच्चप्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये नवलपरासी (सूस्तापूर्व) जिल्लाका तिन ओटा परियोजनासहित गण्डकी प्रदेशमा उनान्साठी ओटा परियोजना रहेकाछन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्यचौकी र शैक्षिक संस्थालाई एक हजार ९ ओटा एम्बुलेन्स र तिनसय ओटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये नवलपरासी ( सूस्तापूर्व) जिल्लालाई प्रदान गरिएको नौ ओटा एम्बुलेन्स र दश ओटा स्कुल बस सहित गण्डकी प्रदेशलाई एक सय १९ ओटा एम्बुलेन्स र चालिस ओटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको छ।
भारत र नेपाल बीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको प्रतिबिम्बित गरेको छ।